बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गरिरहेका छन् । यस पटकको मौद्रिक नीतिले कोभिड महामारीका कारण प्रभावित बनेकाहरुलाई मध्यनजर गर्दै मौद्रिक नीति ल्याएको छ । बैंक तथा वित्तीय संस्थाले ऋण प्रदान गरेका महामारीका कारण प्रभावित भएका व्यवसायलाई निरिक्षण गरी पुनः ऋण प्रदान गर्न सक्ने जनाइएको छ । यसपटक ऋणीलाई विशेष सुविधासहित दिने लक्ष्यका साथ राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको हो ।