Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

विधुतिय कारोबारमा उल्लेख्य वृद्धि : राष्ट्र बैंक

२०७८ श्रावण २९ गते

बैंकिङ खबर । आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति सार्वजनिक भएको छ । आज नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दैै विधुतिय कारोबारमा उल्लेख्य विस्तार भएको बताएका हुन् । उनले कोभिड माहामारीका समयमा विधुतिय कारोबारमा वृद्धि भएको बताएका हुन् । उनले स-साना तरकारी पसल देखि सबै क्षेत्रमा विधुतिय कारोबारमा पहुँच पुगेको बताए । विद्युतीय कारोवारलाई प्रोत्साहित गर्ने केन्द्रीय बैंकको प्राथमिकता र कोभिड–१९ संक्रमणको जोखिम कम गर्न नगदरहित कारोवार गर्नुपर्ने आवश्यकताले गर्दा पछिल्लो समय कारोवारको भुक्तानीमा विद्युतीय माध्यमको प्रयोग तीव्र रुपमा बिस्तार भएको अधिकारीले बताए । खुद्रा पसल, थोक व्यापार, डिपार्टमेन्टल स्टोर र पुँजी बजारमा समेत विद्युतीय कारोवारको बिस्तार भएको उनको भनाई छ । यसबाट भुक्तानी प्रणालीको विकास र आधुनिकीकरणमा सहयोग पुग्नुको साथै वित्तीय पहँुच बढ्दै गएको उनले बताए । 

Ad