
बैंकिङ खबर/ सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिमिटेडको सहायक कम्पनी) ले काठमाडौं, तारकेश्वर नगरपालिकाको शेषमतिमा थप १ वटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
काठमाडौंमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले नयाँ खोलिएको शाखा कार्यालय सहित २९ जिल्लामा ६४ वटा शाखा कार्यालयहरुमार्फत लघुवित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
‘समृद्धिको सहयात्री’नारालाई सार्थकता दिँदै संस्थाले विपन्न वर्गका समुदायहरुको समृद्धिमा टेवा पु¥याउने उद्धेश्यका साथ आफ्नो सेवाहरु ५१ हजार घर परिवारमा पु¥याएको छ ।


