Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सर्वोत्तम सिमेन्ट सेयर प्रकरण : ओटिसी विवरण पठाउन नेप्सेलाई अर्थ मन्त्रालयको निर्देशन

२०७८ श्रावण २२ गते

बैंकिङ खबर । धितोपत्र बजारमा सेयर कारोबारमा आएको बिवादलाई लिएर अर्थ मन्त्रालयले चासो राखेको छ । सर्वोत्तम सिमेन्टको सेयर खरिदबिक्री प्रकरणमा आएको बिवादका सम्बन्धमा अर्थ मन्त्रालयले चासो राखेको हो । यसै सन्दर्भमा मन्त्रालयले नेप्सेसँग ओटीसी विवरण माग गरेको छ ।
सर्वोत्तम सिमेन्टको सेयरमा धितोपत्र बोर्ड अध्यक्ष भीष्मराज ढुंगाना, नेप्से अध्यक्ष चन्द्रसिंह साउद र नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आफ्ना परिवारका सदस्यको नामबाट सर्वोत्तम सिमेन्टको संस्थापक सेयर किनेको समाचार बाहिरिएपछि मन्त्रालयले ओटीसी कारोबारको विवरण माग गरेको हो ।

 

Ad