बैंकिङ खबर । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक निष्काशनमा ५.५५ गुणाले ओभर सब्सक्राइब भएको छ । श्रावण २० गतेबाट निष्काशन गरिएको ६० लाख कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याईएको छ । बाँकी रहेको ५४ लाख कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरिएको हो । निष्काशनको तेश्रो दिनसम्म १९ लाख १८ हजार ५ सय ५७ जना सर्वसाधारण लगानीकर्ताहरुबाट २ अर्ब ९९ करोड ८३ लाख ६२ हजार रकम बराबरको २ करोड ९९ लाख ८३ हजार ६ सय २० कित्ता शेयरको लागि आवेदन परेको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी दिएको छ । यो आइपिओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता देखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । यो आइपिओमा आवेदन दिने अन्तिम समय छिटोमा श्रावण २४ गते आइतबार सम्म रहेको छ ।