
बैंकिङ खबर । लघुवित्तहरुले गत आर्थिक बर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनकि गरेका छन् । विवरण सार्वजनिक भएका अधिकांशको नाफामा बढोत्तरी देखिएको छ ।
कुन लघुवित्तको नाफा कति ?
१. छिमेक लघुवित्त वित्तीय संस्था
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले १ अर्ब २१ करोड ५६ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ६४ करोड ९२ लाख ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका यस लघुवित्तले सञ्चालन मुनाफा ५१.८३ प्रतिशतले बढाएर १ अर्ब ३२ करोड २० लाख ९ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो आवको सोही अवधिमा सञ्चालन मुनाफा ८७ करोड ७ लाख ११ हजार रुपैयाँ रहेको थियो । यस अवधिमा लघुवित्तले ५७ करोड १३ लाख २९ हजार रुपैयाँ खराब कर्जा उठाएको छ ।
२. निर्धन उत्थान लघुवित्त
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ९१ करोड ९१ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले २८ करोड ४३ लाख ४५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । त्यस्तै संस्थाले कर्जा सापटी ६ अर्ब ३२ करोड पुर्याएको छ भने सदस्यहरुबाट उठाउनुपर्ने निक्षेप पनि १८.५७ प्रतिशतले बढाएर १५ अर्ब ८१ करोड पुर्याएको छ । संस्थाले २४ अर्ब ७ करोड कर्जा परिचालन गरेको छ ।
३. आशा लघुवित्त
आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले १२ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो वर्षको तुलनामा १७२.६६ प्रतिशतले खुद नाफा बढाएका हो । अघिल्लो वर्ष यही अवधिमा संस्थाले ४ करोड ६६ लाख रुपैयाँमात्र नाफा आर्जन गरेको थियो । संस्थाको सञ्चालन मुनाफा समेत बढेर १८ करोड ५२ लाख रुपैयाँ पुगेको छ । यस्तै समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी २६ करोड २० लाख रुपैयाँ रहेको छ । चुक्तापुँजी २६ करोड ७१ लाख रुपैयाँ रहेको संस्थाले ३ अर्ब ८२ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।
४. ग्लोबल आइएमई लघुवित्त
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले २२ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा संस्थाले ५ करोड ९४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीले गत वर्ष ३१ करोड ३२ लाख ९४ हजार रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ । सो अवधिमा कम्पनीको जगेडा कोषमा ३४ करोड ५४ लाख ५५ हजार रुपैयाँ रहेको छ । कम्पनीले ६ अर्ब १६ करोड २६ लाख २ हजार कर्जा लगानी गरेको छ ।
५. सिभिल लघुवित्त
सिभिल लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ६ करोड ५४ लाख ७१ हजार रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीको खुद नाफा १ करोड १३ लाख ९५ हजार थियो । संस्थाको सञ्चालन नाफा ९ करोड ४६ लाख ५६ हजार रुपैयाँ पुगेको छ । यस्तै, जगेडा कोष पनि १३ करोड ३६ लाख ५६ हजार रुपेयामा पुगेको छ ।
६.जीवन विकास लघुवित्त वित्तीय संस्था
जीवन विकास लघुवित्त वित्तीय संस्थाले चौथो त्रैमाससम्मको ६८ करोड ९५ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । लघुवित्तको चुक्तापूँजी ६० करोड ८४ लाख रहेको छ भने जगेडाकोषमा १ अर्ब ३० करोड ९४ लाख भन्दा बढी रहेको छ ।
७. एनएमबि लघुवित्त
एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १९ करोड ८७ लाख ९८ हजार रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्ष सोही अवधिसम्म कम्पनीले ७ करोड ५५ लाख ९८ हजार रुपैयाँ नाफा गरेको थियो । लघुवित्तको चुक्ता पूँजी ५३ करोड ९८ लाख ५ हजार रूपैयाँ रहेको छ भने १ अर्ब ६७ करोड ३८ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । संस्थाको जगेडा कोषमा ३६ करोड ५५ लाख रुपैयाँ छ ।
८.आरम्भ चौतारी लघुवित्त
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले ११ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा संस्थाले २ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । संस्थाको सञ्चालन मुनाफा समेत बढेर १५ करोड ८८ लाख रुपैयाँ पुगेको छ । यस्तै संस्थाको खुद ब्याज आम्दानी समेत बढेर ३० करोड ७२ लाख रुपैयाँ पुगेको छ ।
९. स्वाभिमान लघुवित्त
स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ५ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीको खुद नाफा २ करोड १८ लाख ९५ हजार थियो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५५.४३ प्रतिशतले बढेको छ । लघुवित्तले सम्भावित जोखिम व्यवस्थामा ३ करोड ८ लाख रुपैयाँ छुट्याएको छ यस्तै, ३ करोड ९७ लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।
१०. लक्ष्मी लघुवित्त
लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १९ करोड ३१ लाख ९२ हजार रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्म ६ करोड ५२ लाख ६५ हजार रुपैयाँ थियो । अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको खुद नाफा १९६ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको चुक्तापूँजी रू. ३२ करोड ४५ हजार रहेको छ । कम्पनीले ६ अर्ब १६ करोड ३६ लाख ६१ हजार कर्जा प्रवाह गरेको छ भने २ अर्ब ६ करोड ९२ लाख ४२ हजार निक्षेप संकलन गरेको छ ।
११. सूर्योदय लघुवित्त
सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले १० करोड ५६ लाख ५ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४८.७४ प्रतिशत बढी हो । कम्पनीले अघिल्लो वर्ष ४ करोड २४ लाख ५६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । लघुवित्तको सञ्चालन मुनाफा ८ करोड ३७ लाख रुपैयाँ ऋणात्मक रहेको छ । समीक्षा अवधिमा संस्थाले २५ करोड १३ लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।
१२. स्वाबलम्बन लघुवित्त
स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ६१ करोड ९४ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा ८४ करोड १७ लाख रुपैयाँ पुगेको छ । संस्थाको खुद ब्याज आम्दानी १ अर्ब ४५ करोड रुपैयाँ छ । समीक्षा अवधिमा संस्थाले १७ अर्ब ३३ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।
१३. महिला लघुवित्त
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले समेत चौथो त्रैमासमा आइपुग्दा नाफामा प्रगती गरेको छ । संस्थाले ९ करोड २९ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ३ करोड ४७ लाख १३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीको चुक्तापूँजी १० करोड पुगेको छ । यस्तै, ३ अर्ब ३३ करोड ६७ लाख ८५ हजार कर्जा प्रवाह गरेको छ ।
१४. वोमी लघुवित्त
वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १६ करोड ५ लाख ३९ हजार खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस अवधिमा कम्पनीले २ करोड ९ लाख ३६ हजार नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष खुद नाफा ६६६ दशमलव ८१ प्रतिशत बढीे हो । संस्थाको जगेडा कोषमा २९ करोड ४८ लाख ४३ हजार रहेको छ । कम्पनीले १ अर्ब ६३ करोड ५० लाख ६७ हजार निक्षेप संकलन गरेको छ ।
१५. साधना लघुवित्त
साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले ११ करोड ७० लाख ९५ हजार खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधि कम्पनीले ३ करोड ९५ लाख १३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । चुक्ता पूँजी २५ करोड ६९ लाख ८० हजार रहेको कम्पनीले संचालन मुनाफा १५ करोड २० लाख ७१ हजार आर्जन गरेको छ । कम्पनीको जगेडा कोषमा १३ करोड ४३ लाख ६८ हजार रुपैयाँ रहेको छ ।
१६. स्वरोजगार लघुवित्त
स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो त्रैमाससम्म १५ करोड ४३ लाख २१ हजार खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १६९.६३ प्रतिशतले बढी हो । अघिल्लो वर्ष सोही अवधिमा संस्थाले ५ करोड ७२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । चुक्तापुँजी ४१ करोड १२ लाख रुपैयाँ रहेको संस्थाले ५ अर्ब ५६ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।




