
बैंकिङ खबर। मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले काठमाडौंस्थित सितापाइलामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । दुर्गम तथा ग्रामीण भेगहरुका साथै शहरी क्षेत्रमा आफ्नो उपस्थिति दरिलो र प्रभावकारी बनाउने क्रममा शाखा सञ्चालनमा ल्याइएको संस्थाले जनाएको छ ।
संस्थाका सञ्चालक समितिका अध्यक्ष सञ्जिब मानन्धरबाट एक समारोहबीच सितापाइला शाखा कार्यालय उद्घाटन भएको हो । शाखा कार्यालय उद्घाटन कार्यक्रममा संस्थाका सञ्चालक समितिका पदाधिकारीहरु तथा कर्मचारीहरुको उपस्थिति रहेका थिए । उद्घाटन समारोहलाई सम्वोधन गर्दै संस्थाका अध्यक्ष मानन्धरले शाखा कार्यालय सञ्चालनमा आएकोमा संस्थालाई बधाई साथै सबल अनि विश्वसनीय संस्थाको रुपमा स्थापित गराउन आफू निरन्तर लागीपर्ने समेत बताउनुभयो ।
लघुवित्त कार्यक्रमले स्थानीय श्रोत साधन र सीपको अत्यधिक उपयोग गरी नागरिकहरुलाई उत्पादनशिल कार्यमा संलग्न गराई ब्यवसायिक क्रियाकलापमा लगाउन लघुवित्तले सहयोग पुर्याउने समेत विश्वास ब्यक्त गर्नुभयो । त्यस्तै संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले सवै वर्ग र क्षेत्रलाई लघुवित्त कार्यक्रममा समावेश गरी स्थानीय सीप र श्रोतको परिचालनमा नागरिकहरुलाई आर्थिक रुपमा सक्षम बनाउनु संस्थाको उद्देश्य रहेको प्रमुख कार्यकारी अधिकृत दाहालले बताउनुभयो ।
त्यस्तै नागरिकहरुले गरेको अथाह विश्वास, भरोसाले देशभरका हरेक सम्भाबित क्षेत्रको अध्ययन गरी निकट भविष्यमा थप शाखा सञ्जाल विस्तार गर्ने योजना रहेको समेत जानकारी दिनभयो । नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहेको माइक्रोफाइनान्सको नयाँ शाखा विस्तारसँगै ६१ जिल्लामा १३० शाखा कार्यालय पुगेको समेत जानकरी दिनुभयो । संस्थाले आफ्ना ग्राहकहरुलाई आधुनिक एस.एम.एस. मोबाइल बैंकिङ सुबिधा समेत उपलब्ध गराइरहेको संस्थाले जनाएको छ ।




