Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

सेयर बजारमा उछाल, ११ अर्ब ५२ करोड बढीको कारोबार

२०७८ श्रावण १९ गते


बैंकिङ खबर/शेयर बजार मापक सूचक नेप्सेले मंगलबार हालसम्मकै उच्च बिन्दु कायम गरेको छ । नेप्से दोहोरो अंकले बढेर ३१११.०९ बिन्दुमा पुगेको हो । यो हालसम्मकै उच्च अंक हो ।
मंगलबार ११ अर्ब ५२ करोड बढीको शेयर कारोबारमा आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार नेप्से परिसूचक २६.०२ अंकले बढेर ३१११.०९ बिन्दुमा पुगेको हो । सेन्सेटिभ परिसूचकपनि ५.०६ अंकले बढेर ५७७.५२ बिन्दुमा पुगेको छ । आजको बजारमा कूल २२३ वटा कम्पनीको २ करोड ११ लाख २९ हजार ८८ कित्ता शेयर ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार ७७४ रुपैयाँमा खरिदबिक्री भएका छन् ।

मंगलबार  पाँचथर पावर र रूरू जलविद्युत परियोजनाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जीवन विकास लघुवित्त, युनियन लाइफ इन्स्योरेन्स, घलेम्दी हाइड्रोपावर, लिबर्टी इनर्जी र स्वावलम्बन लघुवित्त गरी पाँच कम्पनीको शेयरमूल्य पनि सकारात्मक सर्किट लेभलमा बढेर कारोबार भएको छ ।

यसदिन युनिलिभर नेपाल लिमिटेड कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ३.७९ प्रतिशतले घटेको छ भने नबिल ब्यालेन्स्ड फण्ड र एनआईबिएल प्रगति फण्डको इकाईमूल्य पनि २ प्रतिशतभन्दा धेरैले घटेको छ । अपि पावरको सबैभन्दा धेरै ४६.४२ करोडको शेयर खरीद बिक्री हुँदा ङादी ग्रुप पावर ४३.३२ करोड, फस्ट माइक्रोफाइनान्स ३३.८६ करोड, र स्वावलम्बन लघुवित्तको ३० कराड बढीको शेयर कारोबार भएको छ ।

Ad