Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

लघुवित्त क्षेत्रको अध्ययन प्लेटफर्म – लघुवित्त न्यूज डटकम को सुभारम्भ

२०७८ श्रावण १९ गते

बैंकिङ खबर । लघुवित्त क्षेत्रलाई फोसक गरेर लघुवित्त न्यूज डटकमको शुभारम्भ गरिएको छ । जुम कार्यक्रममार्फत भएको कार्यक्रममा नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय सम्शेर राणाले समुद्घाटन गर्नुभएको हो । लघुवित्त क्षेत्रको अध्ययन सामग्रीको प्लेटफर्मका रुपमा उक्त न्यूज पोर्टललाई प्रयोग गरिने भएको छ । कार्यक्रममा प्रथम गभर्नर राणाले लघुवित्त क्षेत्रको इतिहास निकै कठिन अवस्थाबाट सुरु भई यहाँसम्म आइपुगेको बताउनुभयो । उहाँले फरक धारमा एउटै क्षेत्रलाई फोकस गरेर लघुवित्त न्यूज डटकमको थालनी हुनु आफैँमा महत्वपूर्ण भएको उल्लेख गर्दै उक्त न्यूज पोर्टललाई सफलताको शुभकामना दिनुभयोे ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक लघुवित्त सुपरिवेक्षण डिपार्ट प्रमुख तथा कार्यकारी निर्देशक सुमन कुमार अधिकारीले लघुवित्त क्षेत्रको समाचार पोर्टल सुरु भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले तमाम चुनौतीलाई सामना गरेर अगाडि बढ्न आग्रह गर्नुभयो । फरवार्ड कम्यूनिटि माइक्रो फाइनान्सका अध्यक्ष एवं पूर्व मन्त्री भगवति चौधरीले लघुवित्त क्षेत्रलाई आवश्यक परेको मिडियाको रोल मोडलमा अघि बढ्न शुभकामना दिनुभयो । उहाँले लघुवित्त क्षेत्र ग्रामिणसँग जोडिएको हुँदा दुर दराजका सामग्रीलाई महत्व दिन पनि आग्रह गर्नुभयो । त्यसैगरी लघुवित्त बैंकर्स संघका अध्यक्ष बसन्त लम्सालले लघुवित्त क्षेत्रमा मात्रै केन्द्रीत गरेर न्यूज पोर्टलको सुरु भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले लघुवित्त क्षेत्र ग्रामिण अर्थतन्त्रको मेरुदण्ड भएको बताउँदै ग्रामिण पत्रकारितामा उक्त पोर्टलले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा लघुवित्त क्षेत्रका अग्रज रामचन्द्र जोशीले लघुवित्त र वित्तीय साक्षरता एक अर्कामा पुरक भएको बताउँदै लघुवित्त क्षेत्रका बारे अलग्गै पहिचान बोकेर अघि बढ्न लागेको न्यूज पोर्टल समग्र लघुवित्तको विकासमा कोशेढुंगा हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा वित्तीय जागरण राष्ट्रिय अभियानका संयोजक माधव निर्दोषले लघुवित्त क्षेत्रको अध्ययन प्लेटफर्मका रुपमा न्यूज पोर्टलको शुभारम्भ हुनुले वित्तीय साक्षरतालाई सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।