२०७३ भाद्र ११ गते

सरकारका लागि १ अर्बभन्दा बढी ऋण उठाउँदै राष्ट्र बैंक

nrb 1 (1)नेपाल राष्ट्र बैंकले आगामी सोमबार १ अर्ब २२ करोड ८२ लाख रुपैयाँ बराबरको ट्रेजरी विल विक्रि गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिने अवधिको २२ करोड ८२ लाख रुपैयाँ बराबरको र ३६४ दिने अवधिको १ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्रि गर्न लागेको हो । ९१ दिने अवधिको ट्रेजरी बिल आगामी मंसिर १४ गते परिपक्व हुनेछ भने ३६४ दिने अवधिको ट्रेजरी बिल ०७४ साल भदौ १३ गते परिपक्व हुनेछ । जसअनुसार, ९१ दिने ट्रेजरी खरिद गर्नेको सावाँ भदौ १३ गते फिर्ता हुनेछ भने ३६४ दिने अवधिको ट्रेजरी खरिद गर्नेको सावाँ आगामी वर्षको भदौ १३ गने फिर्ता हुनेछ । यो ट्रेजरी बिलको बोलकबोल अनलाइन विडिङ सिस्टमबाट मात्रै हुन्छ । अनलाइन विडिङमार्फत फारम भर्नका लागि यहाँ क्लिक गर्नुहोस् । राष्ट्र बैंकले सरकारका लागि आवश्यक ऋण उठाउनका लागि समयसमयमा ट्रेजरी बिल जारी गर्ने गर्दछ ।