Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

गणपति लघुवित्तका ३३ शाखाका प्रबन्धकले दिए सामुहिक राजीनामा

२०७८ श्रावण १८ गते

 

बैंकिङ खबर । राष्ट्रियस्तर कार्यक्षेत्र रहेको गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडका ३६ जना शाखा प्रबन्धकहरुमध्ये ३३ शाखाका शाखा प्रबन्धकहरुले सामुहिक राजीनामा दिएका छन् । संचालक समितिको लिखित निर्णय अनुसार हरेक २–२ वर्षमा कर्मचारीको तलव भत्ता वृद्धि हुने भनिएकोमा आ.व २०७८/०७९ को बजेटले सो कुराको सम्बोधन नगरेको भन्दै उनीहरुले सामुहिक राजीनामा दिएका हुन् । कर्मरीहरुको सेवा सुविधामा संस्थाले कुनैपनि ध्यान नदिइएको उनीहरुकाे गुनासाे छ ।