Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

एनआईसी एशिया लघुवित्तका कर्मचारीलाई व्यवसाय विस्तार तालिम

२०७८ श्रावण १८ गते


बैंकिङ खबर/एनआई सी एशिया लघुवित्त वित्तीय संस्था लि.ले प्रदेश स्तरमा प्रदेश नं २ मा सिरहाको लहान, सर्लाहीको लालबन्दी र बागमती प्रदेशमा चित्तवनको पर्सा गरी २०० जना कर्मचारीहरुलाई तीन दिने व्यवसाय प्रवद्र्धन, व्यवसाय विस्तार तथा शाखा व्यवस्थापन तालिम सम्पन्न गरेको छ ।
संस्थाका कर्जा स्वीकृति विभागका विभागीय प्रमुख गोपीचन्द्र ढुङगाना, व्यवसाय प्रवद्र्धन विभागका राकेश श्रेष्ठ र कर्जा विभागका नवराज जोशीले कर्मचारीहरुलाई नयाँ आर्थिक वर्ष २०७८/७९ को लक्ष्य, व्यवसाय विस्तार, क्षमता अभिबृद्धि, शाखा तथा जोखिम व्यवस्थापन, कर्जाको गुणस्तरीयता, समुह प्रवेश पूर्व तालिम लगायतका विषयवस्तुहरु प्रशिक्षण दिनुभएको हो ।
त्यसै गरि साउन महिनामै अन्य विभिन्न स्थानमा अवस्थित शाखाका कर्मचारीहरुलाई व्यवसाय प्रवद्र्धन, व्यवसाय विस्तार तथा शाखा व्यवस्थापन तालिम दिने कार्यतालिका रहेको राकेश श्रेष्ठले बताउनुभयो ।
यस आर्थिक वर्षमा एनआई सी एसीया लघुवित्त, लघुवित्त क्षेत्रकै अब्बल लघुवित्त बनाउनका लागि यस्ता खालका तालिमहरुले महत्वपूर्ण भूमिका खेल्ने र कर्मचारीहरुले सेवा ग्राहीहरुलाई अझैँ परिस्कृत सेवा प्रवाह गर्न सक्ने कर्जा स्वीकृति विभागका विभागीय प्रमुख गोपीचन्द्र ढुङगाना बताउनुभयो ।
वित्तीय संस्थालाई आम जनमानसले गरेको प्रगाण विश्वास, अगाध स्नेह र वित्तीय संस्था प्रतिको भरोसाले गर्दा यो वित्तीय संस्थाले मुलुकभर ७३ जिल्लामा २७० शाखा कार्यालयहरुमार्फत सेवा प्रदान गर्दै आइरहेको छ । साथीसँगै सवल बन्दै भन्ने मुल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको यस एनआई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट देशकै सबै भन्दा ठूलो शाखा संजाल र चुक्ता पूँजी भएको देशकै एक ठुलो सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित भएको छ ।
त्यस्तै उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको एनआई सी एशिया लघुवित्त वित्तीय संस्थाले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक , बझाड., बाजुरा, अछाम दार्चुला , मुगु तथा कालिकोट जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्युन रहेको दुर्गम जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्र्दै आएको र आगामी दिनहरुमा पनि सोहि अनुरुप कार्य गर्नेछ ।