
बैंकिङ खबर/यूनियनलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर धितोपत्रको दोश्रोे बजार नेपाल स्टक एक्सचेन्जमा कारोबारका लागि युनियनलाइफ इन्स्योरेन्स कम्पनी र नेपाल स्टक एक्सचेन्जबीच सम्झौता भएको छ । सम्झौतापत्रमा युनियन लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लालकर्ण र नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले सयुक्त रुपमा हस्ताक्षर गर्नुभएको छ ।
कम्पनीले असार २४ देखि २८ गते सम्मनिष्काशन गरेको आइपिओ बाँडफाँडअसार ३१ गते गरेकोमा आइपिओमा शेयरपाउने शेयरधनीहरुको हित ग्राहीखातामा शेयर जम्मा भइसकेको छ । निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गरेको प्रभु क्यापिटल लिमिटेडले छिटो तथा छरितो रुपमा निष्काशन तथा बिक्री प्रबन्ध गरेको थियो ।
कम्पनीले प्रभु क्यापिटललाई आगामी दुई वर्षको लागि २०७८ श्रावण १ देखि शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । शेयर रजिष्ट्रारमा नियुक्त क्यापिटलले कम्पनीको आइपिओ बाँडफाँडपश्चात शेयरधनीको हितग्राही खातामा शेयर जम्मा गर्ने कार्यका साथै धितोपत्रको दोश्रो बजार नेपाल स्टक एक्सचेन्जमा समेत द्रुतगतिमा कम्पनीको शेयर सूचिकृत गराउन आवश्यक सहजीकरण गरी छोटो समयमै कम्पनीको शेयरलाई कारोबारमा ल्याउन सफल भएको छ ।