
बैंकिङ खबर । एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले काभ्रेको धुलिखेलमा Transformation of Transformation Riders विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
देशभरीकै प्रदेश प्रमुख, प्रदेश उप–प्रमुखहरुको सहभागिता रहेकाे उक्त कार्यक्रममा नयाँ आर्थिक वर्ष २०७८–०७९को रणनीति, पञ्चवर्षीय योजना, व्यवसाय प्रबर्धन, क्षमता अभिबृद्धि, जोखिम व्यवस्थापन, डिजिटलाइजेसन, आन्तरीक लेखा परीक्षणका कैफियत सुधार, भाखा नाघेका कर्जा व्यवस्थापन, कानुनी व्यवस्था, मानव व्यवस्थापन तथा सम्पति व्यवस्थापन विषयमा संस्थाका कार्यकारी प्रमुख लक्ष्मण चालिसे, सम्पूर्ण विभागीय प्रमुख लगायत अन्य सम्बन्धित कर्मचारीहरुले प्रशिक्षण दिनुभएकाे थियाे ।
समापन कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृतले संस्थाले कार्यक्रम विस्तार गर्दा लघुवित्तको पहुँच नपुगेको दुर्गम स्थानीय तहहरुलाई प्राथमिकतामा राखिएको, विपन्न तथा सीमान्तकृत वर्गका जनताहरुको आय-आर्जन, स्वरोजगार, जीवीकोपार्जन र सामाजिक तथा आर्थिक रुपान्तरण गर्ने संस्थागत र व्यवसायिक लक्ष्य लिई विभिन्न शाखा कार्यालयहरुमार्फत विपन्न वर्गकोे आर्थिक अवस्थामा सुधार ल्याउन आर्थिक गतिविधिका साथै वित्तीय साक्षरता र सामाजिक विकासका विभिन्न कार्यक्रमहरु महत्वका साथ संचालन गर्दै आइरहेको बताउनुभयाे ।
उहाँले संस्था स्थापनाको ४ वर्ष पूरा गरी ५ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै सम्पूण कर्मचारीहरुलाई उच्च मनोवलका साथ सकारात्मक भई कार्य गर्न निर्देशन दिनुभएकाे थियाे।




