Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

६ बीमा कम्पनीको आइपीओ आउँदै

२०७८ श्रावण १० गते

बैंकिङ खबर / ६ वटा बीमा कम्पनीको आइपीओ आउने तयारीमा रहेको छ । केहि दिनअघि मात्रै युनियन लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ बाँडफाँट भएसँगै थप ६ वटा बीमा कम्पनीको आइपीओ आउन लागेको हो ।

बीमा समितिले एकैपटक १० जीवन बीमा कम्पनीलाई सञ्चालन अनुमति दिएको थियो । तीमध्ये ४ वटा कम्पनीले आइपीओ जारी गरिसकेका छन् भने अब ६ वटा कम्पनीको आइपीओ निष्कासनको प्रक्रियामा रहेको छ । आइपीओ ल्याउने तयारीमा रहेका बीमा कम्पनीहरुमा रिलायबल नेपाल, सिटिजन लाइफ, महालक्ष्मी लाइफ इन्सुरेन्स, रिलायबल नेपाल, सानिमा लाइफ, महालक्ष्मी लाइफ र सन नेपाल लाइफ रहेका छन् ।

६ वटै जीवन बिमा कम्पनीको चुक्ता पुँजी गत वर्षकै यथावत रहेको छ । यी कम्पनीहरुले अइपीओ जारी गर्न बाँकी भएकाले चुक्ता पुँजी यथावत भएको हो । यीमध्ये सबैभन्दा धेरै चुक्ता पुँजी सिटिजन लाइफ इन्सुरेन्सको रहेको छ । यसको चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ छ । आइपीओ जारी गरेपछि ७ वटै जीवन बिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ माथि पुग्ने छ ।

Ad