Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नबिल बैंकद्वारा ३ अर्ब रुपैयाँको ऋणपत्र जारी: ब्याजदर ८ प्रतिशत

२०७८ श्रावण १० गते


बैंकिङ खबर/नबिल बैंकले आइतबार(आज)बाट ऋणपत्र जारी गरेको छ । बैंकले छिटोमा साउन १३ गतेसम्म ऋणपत्र बिक्री गर्ने छ भने ढिलोमा २४ गतेसम्म बिक्री गर्ने छ । बैंकले ८ प्रतिशत ब्याज दरको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको हो। यसको परिपक्व अवधि सात वर्षको हुने छ ।
यसअघि बैंकले जारी गरेको ऋणपत्र २०८२ सालमा परिपक्व हुँदैछ । यसको ब्याज १० प्रतिशत छ भने कुल २ अर्ब रुपैयाँको जारी गरेको थियो ।
यस्तै अंकित मूल्य १ हजार रुपैयाँ दरको ऋणपपत्र कम्तिमा २५ कित्ता खरिद गर्नुपर्ने छ । बढीमा सबै खरिद गर्न पाइने छ । बैंकले ३ अर्ब रुपैयाँ अर्थात् ३० लाख कित्तामध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्ने छ । बाँकी सामूहिक लगानी कोषसहित सर्वसाधारणलाई बिक्री गर्ने बैंकले जनाएको छ ।

Ad