Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

प्रभु बैंकको २ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा

२०७८ श्रावण ८ गते


बैंकिङ खबर/प्रभु बैंकले लिलामीमा संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले शुक्रबार सूचनामार्फत् साउन १५ गतेदेखि २ लाख २ हजार १ सय ८६ कित्ता संस्थापक सेयर बिक्री गर्न लागिएको जनाएको हो । लिलामी बढाबढ प्रक्रियाद्वारा विद्यमान संस्थापक तथा सर्वसाधारणका लागि बैंकले बोलपत्र पेश गर्न आह्वान गरेको छ । बैंकको संस्थापक सेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।
बैंकको संस्थापक सेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले साउन २९ गते भित्र एनएमबि क्यापिटमा आवेदन दिनु पर्नेछ । आवेदकले न्यूनतम १ हजार कित्ता र अधिकतम सम्पुर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । सेयर बाँडफाँट साउन ३१ गते गरिने बताइएको छ ।

Ad