Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नर्भिक अस्पतालले आइपीओ ल्याउने

२०७८ असार २९ गते

बैंकिङ खबर /नर्भिक हस्पिटलले आइपीओ जारी गर्ने भएको छ । पब्लिक कम्पनीमा रुपान्तरण हुनेभएपछि सो हस्पीटलले आइपीओ जारी गर्ने भएको हो । पब्लिक कम्पनीमा रुपान्तरण भएसँगै नर्भिकले भविष्यमा सर्वसाधारणका लागि साधारण सेयरको प्राथमिक निश्कासन (आइपीओ) समेत गर्नेछ । नर्भिक अस्पताल नेपालको सेयर बजारमा सूचीकृत हुने पहिलो अस्पताल तथा मेडिकल कलेज बन्ने गरी काम अगाडि बढेको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।नर्भिक अस्पतालले हालै प्राइभेट कम्पनीबाट पब्लिकमा रुपान्तरण गर्ने निणृय गरेको हो । नेपालमा निजी क्षेत्रबाट संचालीत उक्त हस्पीटल चौधरी ग्रुपद्धारा संचालीत हस्पीटल हो । पछिल्लो समय नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमीटेडको रुपमा सो हस्पीटलले आफ्नो नाम परिवर्तन गरेको छ ।

Ad