
बैंकिङ खबर/सामाजिक सुरक्षा कोषकाविरुद्ध बैंक, वित्तका कर्मचारीले हातमा कालोपट्टी बाँधेर देशव्यापी आन्दोलन शुरु गरेका छन् ।
कोषमा आवद्धताको असन्तुष्टि जनाउँदै आइतबारदेखि देशव्यापीरुपमा आन्दोलन शुरु गरेका हुन् । कोषले वित्तीय क्षेत्रको मागलाई संम्बोधन नै नगरी जबरजस्ती आवद्धता गराउन खोजेको भन्दै नेपाल वित्तीय संस्था कर्मचारी संघको अगुवाइमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुका कर्मचारीले देशव्यापी रुपमा आन्दोल शुरु गरेका हुन् ।
सरकारको साल तमाम तथा बैंक तथा वित्तीय संस्थाहरुको वार्षिक हिसाव मिलानको समय वित्तीय क्षेत्रका कर्मचारीलाई कोषले सडकमै उत्रिन बाध्य बनाएको संघको भनाइ छ ।

असार दोस्रो सातादेखि नै सबै वित्तीय क्षेत्रका कर्मचारीहरुले आलोपालो गर्दै कोषमा आवद्धता हुन नसक्ने कारण देखाँउदै कालो ब्यानर प्रदर्शनी गरी शान्तीपुर्ण आन्दोलन गरिरहेका छन् । जसलाई निरन्तरता दिँदै थप आइतबारदेखि बुधबारसम्म आ–आफ्नो कार्यलयमा कालोपट्टी बाँधेर बिहान १० बजेदेखि १०.१५ सम्म आन्दोलन गर्न थालेका हुन् ।
कालो ब्यानर कालो जसमा थप आन्दोलनलाई कर्मचारीको अन्तुष्टि रहेको कोषको ऐन र कार्यविधि संशोधनको माग गरिएका कालो ब्यानर देखाउँदै ३ दिन कोष विरुद्ध संकेतिक आन्दोलन गर्ने बताएउको छ ।







