Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

नेपाल एग्रो लघुवित्तद्वारा विपद व्यवस्थापनका लागि प्रदेश सरकारलाई आर्थिक सहयोग

२०७८ असार २५ गते


बैंकिङ खबर/नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राकृति विपद व्यवस्थापनका लागि गण्डकी प्रदेश सरकारलाई आर्थिक सहयोग गरेको छ ।
प्राकृतिक तथा गैह्र प्राकृतिक विपदबाट सर्वसाधारणको जीउ ज्यान र सार्वजनिक निजी तथा व्यक्तिगत सम्पत्ति प्रकृतिक एवम् साँस्कृतिक सम्पदा र भौतिक संरचना संरक्षण गर्न विपद जोखिम न्युनिकरण गर्नका लागि गण्डकी प्रदेश अन्तर्गतको सामाजिक विकास मन्त्रालयको प्रदेश विपद व्यवस्थापन कोष खातामा जम्मा गर्ने गरि लघुवित्तले आर्थिक सहयोग गरेको हो ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको समुपस्थितिमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय गण्डकी प्रदेश पोखरालाई वित्तीय संस्थाको तर्फबाट शुक्रबार एक समारोहबीच अध्यक्ष रमेश कुमार कर्माचार्यले सहयोग स्वरुप रु.९८ हजार ६८२ बराबरको चेक हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा मुख्यमन्त्री पोखरेलले यस विषम परिस्थितिमा वित्तीय संस्थाले समय सापेक्ष उपयुक्त ठाउँमा आर्थिक सहयोग गरेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै अध्यक्ष कर्माचार्यले वित्तीय संस्थाले छोटो अवधिमा देशका करिव २२ हजार महिला दिदी बहिनीहरुलाई प्रत्यक्ष रुपमा वित्तीय सेवा प्रदान गरेको तथा १०० जना भन्दा बढी युवाहरुलाई प्रत्यक्षरोजगार प्रदानगर्न सफल भएको बताउनु भयो ।
कार्यक्रमका अवसरमा वित्तीय संस्थाका नि.प्रमुख कार्यकारी अधिकत नयन देवकोटाले वित्तीय संस्थाले देशका विभिन्न पहाडी १० जिल्लाका २६ वटा शाखा कार्यालयहरुबाट प्रत्यक्ष रुपमा लघुवित्त सेवाप्रदान गरिरहेको बताउनुभयो । वित्तीय संस्थाको आर्थिक वर्ष २०७६/०७७ को खुद मुनाफाको एक प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने व्यवस्था भए अनुसार उक्त रकम गण्डकी प्रदेश सरकार अन्तर्गत प्रदेश विपद व्यवस्थापन कोषमा जम्मा गरि विपद व्यवस्थापनमा वित्तीय संस्थाको तर्फबाट सहयोग गरिएको देवकोटाले बताउनुभयो ।
कार्यक्रममा वित्तीय संस्थाको सञ्चालकहरु विवेक श्रेष्ठ सि.ए, विनिता काईराला(पि.एच.डी), सागर लामिछाने, गंगा प्रसाद तामाङ, कम्पनी सचिव दीपक पराजुली साथै वित्तीय संस्थाको विभागीय प्रमुख पवित्रा कोईरालाको समेत उपस्थिति रहेको थियो ।
वित्तीय संस्थाको केन्द्रीय कार्यालय पोखरा–१८, विन्ध्यावासिनी कास्कीमा रहेको छ ।