Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

बैंकका सहायक कम्पनीलाई तत्काल ब्रोकर लाइसेन्स दिनुपर्छः पूर्व अध्यक्ष कार्की

२०७८ असार २५ गते


बैंकिङ खबर/नेपाल धितोपत्र बोर्डका पूर्व अध्यक्ष डा. रेवतबहादुर कार्कीले बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिनुपर्ने बताउनुभएको छ । बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन ढिलाई भएकोमा चासो व्यक्त गर्दै उहाँले तत्काल ब्रोकर लाइसेन्स दिनुपर्ने बताउनुभयो ।

नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रमका लागि सरोकारवालासँग छलफलमा बोल्दै उहाँले अन्तरराष्ट्रिय रुपमा पनि बैंकका सहायक कम्पनीलाई लाइसेन्स दिएको भन्दै यसले संस्थागत सुशासन र बजार विस्तारमा सहयोग गर्ने र कर्पोरेट कल्चरको विकास हुने बताउनुभयो । नयाँ स्टक एक्चेञ्जको लागि पनि चाँडो लाइसेन्स दिनुपर्ने बताउनुभयो ।

Ad