
बैंकिङ खबर/युनियन लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडले बिहीबार(आज)बाट सर्वसाधारणहरुको लागि धितोपत्रको सार्वजनिक निष्काशन साधारण शेयर बिक्री खुल्ला गरेकाे छ ।
कम्पनीको जारी पुँजी २ अर्ब १५ करोड रुपैयाँमध्ये ३० प्रतिशतले हुनआउने ६४ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन गरेकाे हाे ।
उक्त शेयर कित्तामध्ये ५ प्रतिशतअर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशतले नै हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइ बाँकी रहेको ५८ लाख ५ हजार कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीको साधारण शेयरमा सर्वसाधारणले न्यूनतम १० कित्ता देखि अधिकतम ३२ हजार २५० कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथावित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट र सीडीएससीको मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सकिनेछ ।
कम्पनीको साधारण शेयर खरिदका लागि छिटोमा असार २८ गतेसम्म आवेदन दिन सकिने छ । त्यस दिन सम्म माग गरिए भन्दा कम आवेदन परेको खण्डमा भने साउन ७ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने जनाइएको छ ।
यस कम्पनीको प्राथमिक निष्काशन तथा बिक्री प्रबन्धकको सम्पूर्ण कार्य प्रभु क्यापिटल लिमिटेडले गरेकोछ । कम्पनी ऐन, २०६३ तथाबिमा ऐन, २०४९ बमोजिम दर्ता भई २०७४ असोज ३१ मा कारोबार स्वीकृति प्राप्त गरी बीमा समितिबाटजीवन बीमा व्यवसाय गर्ने बिमकको इजाजतमिति २०७४ असार २० माप्राप्त गरी कम्पनीले २०७४ असोज ४ गतेबाट जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएको छ । आइपिओ निष्काशनका लागि इक्रा रेटिङ्गबाट रेटिङ्ग गराएको यस कम्पनीले ट्रिपल बि (बिबिबि) रेटिङ्ग पाएको छ । जसको अर्थ वित्तिय दायित्व वहन गर्ने कम्पनीको क्षमतामा औषत जोखिम रहेको भन्ने हुन्छ ।