Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

विपन्न वर्गहरुको सहयात्री बन्दै समता घरेलु लघुवित्त

२०७८ असार २३ गते

बैंकिङ खबर/निषेधज्ञाका कारण आफ्नो रोजगार गुमाएका तथा दैनिक जिवनयापन गर्न कठिनाइ परेका अति बिपन्न गा्रहक सदस्यहरुकोलागी सहयात्री बनेको छ समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड ।

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय फेटा, बाराका शाखा प्रबन्धक सरोज कुमार महतोका अनुसार हाल नेपाल सरकारले बिभिन्न स्थानमा जारि गरेका निषेधाज्ञाका कारण आफ्नो रोजगारी गुमाएका तथा घरपरिवारको छाक सम्म टार्न कठिनाइ परेका अति बिपन्न वर्गका ग्राहक सदस्यहरुलाई संस्थाले प्रति सदस्य ३० के.जि. चामल, १ के.जि. दाल, २ के.जि. नुन, १ लिटर खाने तेल, १ के.जि. स्वायोबिन र २ वटा नुहाउने सावुन राहत स्वरुप उपल्वध गराइएको छ । साथै आगामी दिनमा पनि ग्राहक वर्गहरुको हकहितका लागि संस्थाले समय समयमा बिभिन्न सहयोगका प्याकेजहरु उपलवध गराउन समेत संस्था सदैव तयार रहेको पनि जानकारी दिनुभएको छ ।