
बैंकिङ खबर/इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति (एक्विजिसन) गर्ने भएको छ ।
सोमबार सम्पन्न इन्फिनिटीको विशेष साधारणसभाले नेपाल एग्रोलाई प्राप्ति गर्ने प्रस्तावलाई अगाडि बढाएको हो । नेपाल एग्रोलाई प्राप्ति गर्न इन्फिनिटीले यसअघि २०७७ माघ २६ गते सम्झौता गरेको थियो ।
इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष खेमराज नेपालको अध्यक्षतामा गैंडाकोट, नवपपुरमामा भएको विशेष साधारण सभा भर्चुअलमार्फत भएको हो ।
उक्त साधारण सभामा कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत प्रवीण कुमार लामाले उपस्थित सञ्चालक, अतिथि र सम्पूर्ण शेयरधनीहरुलाई स्वागत गर्नुभएको थियो ।
सभामा माइन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपालएग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति(एक्विजिशन) गर्ने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट अध्यक्षमार्फत प्रस्तुत हुने प्रतिवेदन, इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने प्रयोजनको लागि मूल्यांकनकर्ताबाट प्राप्त नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको चल/अचल सम्पत्ति र दायित्व मूल्यांकन प्रतिवेदन, प्राप्ति पछिका व्यवसायिक अवसरहरु, सम्पत्ति एवं दायित्वको बजार मूल्य, वर्तमान जोखिम अवस्था समेतको आधारमा आपसी सहमति बमोजिम निर्धारण गरिएको नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको १०० कित्ता शेयरलाई इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको ९८ कित्ता शेयर (१ः०.९८) दिने गरी शेयर मूल्यअनुपात कायम गर्ने विषयमा विशेष प्रस्तावहरु भएको थियो ।
यस्तै नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्न स्वीकृत प्रदान गर्ने प्रस्ताव, इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्न मिति २०७७/१०/२६ मा दुवै पक्षबीच भएको सहमतिलाई नेपाल राष्ट्र बैंकबाट मिति २०७८/०२/११ मा सैद्धान्तिक सहमति प्राप्त भएको हुँदा उक्त वित्तीय संस्थालाई प्राप्तिगर्न गरिएको अन्तिम सम्झौता लगायत सञ्चालक समितिबाट गठित मर्जर वा प्राप्ति (एक्विजिशन) समिति, संयुक्त मर्जर वाप्राप्ति (एक्विजिशन) समिति र सञ्चालक समितिले गरेको निर्णय एवं सो सम्बन्धमाभए गरेका सम्पूर्ण काम कारवाहीहरु र सो सम्बन्धीखर्च अनुमोदनको गर्ने, इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपालएग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्तिगर्ने प्रयोजनका लागि गठित संयुक्त मर्जर वाप्राप्ति (एक्विजिशन) समितिबाट नियुक्त लेखापरीक्षक एबि एण्ड एशोसियटस् चार्टर्ड एकाउन्टेन्ट्स्को नियुक्ति र निजको पारिश्रमिक अनुमोदनको प्रस्ताव पारित गर्ने विषय प्रस्ताव भएको थियो ।
यस्तै इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपालएग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्तिगर्ने प्रयोजनकालागि गठित संयुक्त मर्जर वाप्राप्ति (एक्विजिशन) समितिबाट नियुक्त लेखापरीक्षक एबि एण्ड एशोसियटस् चार्टर्ड एकाउन्टेन्ट्स्को नियुक्ति र निजको पारिश्रमिकअ नुमोदनको प्रस्ताव पारित गर्ने, इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले नेपालएग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्न दुवै पक्षबीचभएको अन्तिम सम्झौता पत्रबमोजिम नियमनकारी निकायहरुबाट प्राप्त सुझावएवं निर्देशन बमोजिम प्राप्ति (एक्विजिशन) सम्बन्धी गर्नुपर्ने थपघट तथा आवश्यक संशोधन लगायत सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदानगर्ने, इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपालएग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गरे पश्चात संस्थाको जारी तथा चुक्ता पूँजीमा बृद्धि हुने भएको हुँदा सोहीबमोजिम संस्थाको प्रबन्धपत्रको दफा ६ को (ख) र (ग) मा संशोधन गरी जारी पुँजी तथा चुक्तापुँजी बृद्धि गर्ने प्रस्तावपारित गर्ने र सो संशोधन सम्बन्धमा नियमनकारी निकायबाट कुनै थपघट गर्न निर्देशन भएमा आवश्यकता अनुसार सो फेरबदल, परिमार्जन तथा संशोधनको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने छलफल भएको थियो ।
इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न अनुमति लिनु पर्ने निकायहरुबाट प्राप्त हुन आउने निर्देशन बमोजिम थपघट अन्य आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियार प्रदानगर्ने प्रस्ताव र विविधमा छलफलका लागि अन्य विषय नभएकाले विशेष साधारण सभाको निर्णय पुस्तिकामा कम्पनी ऐन, २०६३ मा व्यवस्था भए बमोजिम अध्यक्ष तथा कम्पनी सचिवले प्रमाणित गर्ने र बुझाउनु पर्ने निकायहरुमा कम्पनी सचिवले प्रमाणित गरी प्रतिलिपि बुझाउने सभामा जानकारी गराइएको थियो ।
सस्थाको विशेष साधारण सभामा नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्तिगर्नको विशेष रुपमा पहल गर्नु हुने गाभ्ने गाभिने वा प्राप्ति समितिका संयोजक बलराम बिष्ट र संस्थापक तथा गाभ्ने गाभिने वा प्राप्ति समितिका सदस्य दिनेश अधिकारीलाई अध्यक्षबाट धेरै धेरै धन्यवाद तथा आभार प्रकट गर्नुभएको थियो ।




