Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

दोहोरो अंकले घट्यो नेप्से, चार अर्ब ५८ करोडकाे कारोबार

२०७८ असार २१ गते


बैंकिङ खबर/शेयर बजार परिसूचक नेप्से साेमबार पनि घटेको छ । व्यापार, उत्पादन, म्युचल फन्ड, अन्य र लगानी समूहबाहेक सबै समूहको शेयर घटेपछि नेप्से ११ दशमलव ७८ अङ्कले घटेर दुई हजार आठ सय २२ दशमलव ७३ विन्दुमा झरेको छ ।

बैंकिङ समूहको शेयर सात अङ्कले घटेको छ । यस्तै विकास बैंक समूहको शेयर एक सय दुई अङ्कले, जलविद्युतको ५३, फाइनान्सको ५७, माइक्रोफाइनान्सको ३४, जीवन बीमा समूहको एक सय ३६ र निर्जीवन बीमा समूहको शेयर एक सय ५६ अङ्कले घटेको छ ।

केही हप्ताअघि दैनिक २० अर्ब रुपैयाँ हाराहारीको कारोबार हुने नेप्सेमा अहिले कारोबार रकम पनि ओरालो लागेको छ । आज दुई सय २४ कम्पनीका एक करोड ६३ लाख कित्ता शेयर चार अर्ब ५८ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीकाे ४१ करोड २० लाख रुपैयाँको शेयर किनबेच भयो । गुराँस फाइनान्सको शेयर सबैभन्दा धेरै ६ प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि विशाल बजार कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । 

Ad