Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल फाइनान्स र ललितपुर फाइनान्सको एकिकृत कारोबार असार २७ गतेदेखि

२०७८ असार २१ गते

बैंकिङ खबर/नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गरे पश्चात असार २७ गतेदेखि एकिकृत कारोबार गर्ने भएको छ । नेपाल फाइनान्सको नामबाट एकिकृत कारोबार हुन लागेको हो ।

जेठ २८ गते सम्पन्न दुवै फाइनान्सको विशेष साधारणसभाले मर्जर तथा प्राप्ति समबन्धि विशेष प्रस्ताव प्रस्ताव पारित गरेको थियो। राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असर १८ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

एकिकृत कारोबार गर्नको लागि डाटा माईग्रेसन गर्नु पर्ने भएकोले असार २५ गते दिउँसो १२ः३० देखि असार २६ गतेसम्म दुवै संस्थाले प्रदान गर्दै आएका सम्पूर्ण सेवाहरु बन्द हुने कम्पनीले जनाएको छ । नेपाल फाइनान्सले १ः१ को स्वाप रेसियो ललितपुर फाइनान्सलाई गाभेको थियो ।

यी २ संस्थाबीच गत पुस २३ गते गबहने गबहिने सम्झौतामा हस्ताक्षर भएको थियो। यस सम्बन्धि सम्झौतामा नेपाल फाइनान्सका तर्फबाट फाइनान्सका संचालक समितिका अध्यक्ष प्रा. डा.हिरेन्द्रमान प्रधान र ललितपुर फाइनान्सका संचालक समितिका अध्यक्ष दिपक महर्जनले हस्ताक्षर गर्नुभएको थियो ।
निजि क्षेत्रको लगानीमा खुलेको नेपालको पहिलो फाइनान्स कम्पनी नेपाल फाइनान्सको चुक्ता पुंजी ३१ करोड र २०५१ सालमा खुलेको ललितपुर फाइनान्सको चुक्ता पुँजी २४ करोड रहेको छ।

नेपाल फाइनान्सका २ शाखा छन् भने थप ६ वटा शाखा र २ वटा एक्सटेन्सन काउन्टर खोल्ने तयारीमा छ। यता ललितपुर फाइनान्सको ३ वटा शाखा रहेका छन्। प्राप्ति पश्चात नेपाल फाइनान्सको शाखा संख्या १३ पुग्नेछ।

प्राप्ति पश्चात नेपाल फाइनान्सको नामबाट नै फाइनान्सले कारोबार गर्नेछ भने र नेपाल फाइनान्सकै संचालक समिति तथा व्यवस्थापन रहनेछ।

यो पनिः ​

‘नेपाल फाइनान्स अब आफ्नो क्षेत्रभित्र रहेर आक्रमक रुपमा अगाडी बढ्नेछ’

Ad