June 20th, 2021

‘नेपाल फाइनान्स अब आफ्नो क्षेत्रभित्र रहेर आक्रमक रुपमा अगाडी बढ्नेछ’

उद्धवराज थपलिया 
सीइओ, नेपाल फाइनान्स लि.

पछिल्लो समय ‘ग’ वर्गका फाइनान्स कम्पनीहरु पनि मर्जर हुने क्रम बढ्दै गएको छ । फलस्वरुप फाइनान्स कम्पनीहरु घट्दै गएका छन् । अर्कोतर्फ यसरी फाइनान्स कम्पनीहरु मर्जरमा जाँदा उनीहरु बजदुत र अब्बल बन्दै पनि गएका छन् । नेपाल राष्ट्र बैैंकको पूँजी वृद्धिको योजना अघिसम्म मुलुकमा ८८ वटा फाइनान्स कम्पनी थिए । तर हाल आएर २० वटामा झरेकाे छ । यीमध्ये अझै केही मर्जरमा जाने क्रममा छन् ।

मर्जरमा जाने तयारीमा रहेका फाइनान्स कम्पनीमध्ये नेपाल फाईनान्स र ललितपुर फाइनान्स पनि हाे । नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्न विशेष प्रस्ताव हालै पारित गरेको छ । मर्जरपछि नेपाल फाइनान्सले विभिन्न योजनाहरु ल्याउँदैछ । यसरी मर्जरपछि नेपाल फाईनान्स कसरी अगाडी बढ्दैछ भन्ने विषय केन्द्रित रहेर फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ)उद्धवराज थपलियासँग बैंकिङ खबरले कुराकानी गरेको छ । प्रस्तुत छ, सिईओ थपलियासँग गरिएको कुराकानीको सम्पादित अंशः

सबै भन्दा ठूलो फाइनान्स कम्पनीको लक्ष्य राखेर ललितपुर फाइनान्स कम्पनीलाई एक्वार गर्न लाग्नुभएको हो ?

अहिले हामी भर्खरै समस्याबाट हटेका छौं । हामीलाई क्याचुअल इन्प्लेसमेन्ट र बिजनेश पनि म्याच गर्नुपर्ने बाध्यता छ । दुबैलाई म्याच गरेर लैजान शुरुवाती चरणमा सञ्चालन गरे जसरी नै हामी लागि परेका छौं । ललितपुर फाइनान्स पनि समस्याबाट जुग्रिएर खासै सुधार गर्न नसकेको फाइनान्स हो । यस फाइनान्सले एक्वारका लागि प्रस्ताव गरेपछि  हामीले धेरै चरणमा छलफल गर्‍यौँ ।

ललितपुर फाइनान्स ललितपुर जिल्लामा एकदम सामरिक महत्व बोकेको फाइनान्स हो । यसले केहि समय असाधैँ राम्रो गरेको थियो । जस्तै दुई, तीन वटा शाखा हुँदा पनि यसले लगभग साढे दुई अरबजति डिपोजिट र दुई अरबजतिको लोन सञ्चालन गरेर बसेको संस्था हो । यसको असाधैँ राम्रो गुडवइल थियो । बीचमा केहि इस्युहरु, संस्थागत सुशासनमा भएका कमीकमजोरीका कारण अप्ठ्यारोमा पर्यो ।
ललितपुर जिल्लाको सामरिक महत्व बोकेको संस्था भएर पनि हामी सँगसँगै जाऊ । राम्रो बनाऊ । ठूलो बनाऊ भन्ने भयो । सोही अनुसार ललितपुरलाई हामीले प्राप्ति गर्न लागेका हौं ।

कार्यविभाजनका बारे के कसरी अघि बढ्ने योजना आएको छ ? कार्यविभाजनमा समस्या त आउँदैन नि ?

संस्थागत रुपमा ललितपुर फाइनान्सलाई प्राप्ति गरिसकेपछि त्यहाँका कर्मचारीहरु नेपाल फाइनान्समा आउनुहन्छ । तर म्यानेजमेन्ट र सञ्चालकमा भने ललितपुर फाइनान्सको प्रतिनिधित्व हुँदैन । नेपाल फाइनान्सको जुन सञ्चालक समिति छ । मर्जरपछि पनि त्यहि नै रहन्छ । ललितपुर फाइनान्सबाट कुनै पनि सञ्चालक प्रतिनिधित्व नगर्ने र व्यवस्थापकले पनि हस्तक्षेप नगर्ने भन्ने सहमति भएकाे छ ।

ललितपुर फाइनान्समा डेपुटी लेवलका स्टाफहरु हुनुहुन्छ । उहाँहरुले खाइपाइ आएको पद, सुविधा घटाउँदैनौं । यस विषयमा दुई वटै संस्थाबीच सहमति पनि भएको छ । संस्थागत पद जुनजुन हो । त्यहि अनुसार हामी समायोजन गर्नेछौं ।

तपाईहरु मर्जरपछि ठूलो फाइनान्स त बन्नुहुन्छ, नेपालकै पहिलो फाइनान्स पनि हो, पछि कतै अरु बैंकमा विलय हुने अवस्था रहला कि नरहला ?

हाम्रा इन्भेष्टरहरु, सञ्चालक समितिहरुबीच जति चरणमा छलफल भएका छन् । छलफलमा संस्थालाई राम्रोसँग अगाडि बढाऔँ । संस्थागत सुधार, सवल वित्तीय संस्थाको रुपमा जाउँ, कतै मर्जरमा नजाउ भन्ने नै छ । यो लगानी कर्ताको इन्ट्रेसको कुरा हो । लगानीकर्ताले भोली के सोच्नुहुन्छ भन्ने हो । अहिलेसम्मको चरणमा उहाँहरुकाे मनासय  नेपालको पहिलो फाइनान्स कम्पनी भएकाले पनि राम्रोसँग चलाउनुपर्छ भन्ने नै छ । अहिलेसम्म अन्य बैंकमा मर्जरमा जाने भन्ने छैन ।

मर्जरपछिका रणनीतिहरु के कस्ता छन् ?

हामीलाई सबैभन्दा महत्वपूर्ण च्यालेन्ज भनेको खराब कर्जा नै हो । खराब कर्जाकाे प्रतिशतलाई हामीले धेरै हदसम्म तल झारेका छौं । ललितपुर फाइनान्सलाई प्राप्ति गरिसकेपछि खराब कर्जा अलिकति बढ्छ । त्यसलाई तोकेको सिमाभित्र ल्याउनु नै हाम्रो च्यालेन्जकाे  विषय बनेको छ । हाम्रो पहिलो प्राथमिकता नै खराब कर्जालाई सिमाभित्र ल्याउनु हाे ।

हामीले यो आर्थिक वर्ष पाँच वटा शाखा थपेका छौं । आगामी वर्ष थप दश वटा शाखा शाखा विस्तार गर्ने लक्ष्य राखेका छौं ।  एकिकृत कारोबार भइसकेपछि  ललितपुर फाइनान्सको तीन वटा शाखा थपिन्छ । यसपछि १३ वटा शाखा हुन्छ । १३ वटा शाखाबाट हामीले साना–साना विजनेश आउटहरु, लगानीहरु गर्नेछौं । नेपाल राष्ट्र बैंकले तोकेको प्राथमिकताका क्षेत्र, विपन्न वर्गलाई प्राथमिकतामा राखेर हामीले साना – साना कर्जाहरु दिने र ठूलो बनाउने सोच राखेका छौं ।

हामीले जति पनि शाखाहरु खोलेको छौं । त्यो गाउँउन्मुख अर्थात् गाउँलाई विशेष केन्द्रित गरेका छौं । सिटीमा भन्दा पनि भर्खरै डेभलभ हुन लागेका सिटीहरु, सिटीसँगैको गाउँ, गाउँपालिकाहरुलाई हामीले समेटेका छाैँ । त्यो भनेको हामीले सानो सानो कर्जा दिऊँ भन्ने हाे। ठूलो कर्जा मात्रा  दिएर होइन कि सानो सानो कर्जा दिने, डिपोजिटको निक्षेप संकलन गर्ने, विस्तारै अगाडी बढ्ने भन्ने हाे । 

आइटी सेक्टरमा होस्, डिजास्टरी कभरीको प्लानका हिसाबमा किन नहोस् ।  हामीले तयारी गरेमा छौं । हाल संस्थाले डिजिटल बैंकिङ्ग सम्बन्धी सम्पूर्ण पूर्वाधार तयार पारिसकेको, आइपीएसको शुरुवात गरिसकेको र डेविट कार्ड पनि आगामी असारभित्रै संचालन गरिसक्ने गरी काम गरेका छौं ।
आन्तरिक व्यवस्थापनमा सवलिकरण गर्ने, संचालन जोखिमलाई न्यूनिकरण गर्ने उपायहरु समेत अवलम्वन गरेका छौं ।
अबका दिनहरुमा संस्थाको सम्पतिको गुणस्तरमा वृद्धि गर्दै लैजाने योजना रहेको छ । जसको लागि संयुक्त कारोबार पश्चात् खराब कर्जा असूलीलाई ‘स्पेसल सिकभरी टिम’को गठन गरीने र संस्थाको कर्मठ तथा इमान्दार कर्मचारीहरुलाई विभिन्न समयमा तालिम गोष्ठिको व्यवस्थापन गरी क्षमता अभिवृद्धि गरिँदै लगिएको छ ।

बैंक, विकास बैंक र लघुवित्तको तुलनामा नेपालमा फाइनान्स कम्पनीहरु त्यति आक्रामक हुन सकेको देखिँदैन नि ? के कारणले होला ?

आक्रामक भन्दा पनि लुघुवित्त, फाइनान्स कम्पनीको कस्टुम्बर सेग्मेन्ट नै फरक–फरक छ । कुनै पनि इन्ट्रिलेवलको कस्टुम्बरहरुलाई बैंकिङ सिकाउन फाइनान्सियल कम्पनीहरुको ठूलो महत्व छ । जब हामी राम्रोसँग बैंकिङ सिकाउँछौं ।  उसको स्थिति राम्रो बन्छ । राम्रो बनिसकेपछि कमर्सियल बैंक, डेभलमेन्ट बैंकहरुले हाम्रो कस्टुम्बर लगिदिन्छन् । किन लगिदिन्छन् भने उनीहरुको कस्ट कम हुन्छ । इन्ट्रि लेभलमा उनीहरु हामीसँगै ठिक हुन्छन् । तर पछि कस्ट कम भएको भन्दै कमर्सियल, डेभलमेन्ट बैंकहरु तिर जान्छन् । त्यसले गर्दा हाम्रो आइडिटि घट्छ ।

नेपालमा कस्टुम्बरलाई राम्रोसँग बैंकिङ सिकाउन फाइनान्स कम्पनीको ठूलो योगदान र भूमिका छ ।  नेपालका फाइनान्स कम्पनीहरु सस्टेनेवल ग्रोथमा छन् तर आक्रामक रुपमा छैन । हुन सक्दैन । किनकी हाम्रो कस्टुम्बर अहिकति हुने वित्तीकै कमर्सियल र डेभलमेन्ट बैंकले लग्दिहाल्छन् । हामी सस्टेनेवल ग्रोथमा, प्याटेन्टमा गइराखेका छौं । आक्रमक रुपमा हुन सक्दैनौँ ।

नेपाल फाइनान्स अब आफ्नो क्षेत्रभित्र आक्रामक ढंगले अघि बढ्छ त ?

हाम्रो सिमाभित्र, क्षेत्रभित्र रहेर हामी आक्रमक रुपमा जानेछौं । दश वटा शाखा खोल्ने, साना साना कर्जाहरु लैजाने, नयाँ नयाँ योजनाहरु ल्याउने, कर्मचारीहरुको तालिमको व्यवस्था गर्ने योजनामा छौं । समस्याबाट उठेको संस्था हो भन्ने हिसाबले जनमानसमा देखाउनेछौं । साख वृद्धि गर्नेछौं । नियमनकारी निकायलाई पनि संस्था राम्रो बाटोमा गइराखेको छ है भन्ने बनाउने छौं । यसमा संस्थागत सुशासनको पूर्ण पालना भएको छ भन्नेखालको प्रत्याभूती दिनेछौं । हामीले जे जे गर्नुपर्ने हो । त्यो चिजमा हामी आक्रामक रुपमै जान्छौं । हाम्रो लिमिटेशनभित्र रहेर हामी अगाडी बढ्छौं ।

फाइनान्स कम्पनीहरुको डिजिटलाइजेशनको अवस्था के छ ? डिजिटल कारोबारलाई कसरी अगाडि बढाउनुभएको छ ?

डिजिटलाइजेशनको कुरा गर्दा कर्मसियल बैंकहरु जसरी गएका छन् । हामी पनि त्यहि अवस्थामा गएका छौं । कर्मसियल बैंकहरुले डेविट, एटिमएम कार्डहरु धेरै थपेका होलान । तर हामीसँग पनि कमर्सियल बैंककाे जस्तै एम वालेटहरु, एम बैंकिङहरु र इन्टरनेट बैंकिङ सेवाहरु छन् । हामीसँग सबै प्रोडक्टहरु छन् । कनेक्ट आइपीएस, इसीसी, आइएपीसका कामहरु पनि राम्रोसँग भएको छ । नेपाल राष्ट्र बैंकले आरटिजिएस शुरुवात गरेको छ । त्यो आरटिजिएस पनि फाइनान्स कम्पनीहरु सबैले शुरुवात गरेका छन् । फाइनान्स कम्पनीहरु डिजिटलमा धेरै अगाडि बढेका छन् । तर हामीले सुधार गर्नुपर्ने पनि केहि केहि बाँकी छ ।  

अन्त्यमा

हामी पनि सवल संस्थाको रुपमा अगाडी बढ्ने हिसाबले गइ रहेका छौं । मुख्य कुरा हामीले भन्दा पनि पव्लिकले, नियमनकारी निकायले कसरी हेर्नुहुन्छ भन्ने हो । सर्भिस दिने हिसावमा हामी राम्रो दिन्छौं । सोही अनुसार  सल्लाह, सुझाव पाइयो भने अझै सुधार गरेर जाने अपेक्षा राखेका छौं । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]