Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सेयर बजारमा सामान्य गिरावट, कारोबार रकम पाँच अर्बमा खुम्चियो

२०७८ असार २० गते


बैंकिङ खबर/साताको पहिलो दिन सेयर बजारमा सामान्य गिरावट देखिएको छ । निकै उतार चढावकाबीच बजारमा सामान्य गिरावट देखिएको हो । नेप्से आइतबार आठ दशमलव ४८ अङ्कले घटेर दुई हजार आठ सय ३४ दशमलव ५१ विन्दुमा झरेको छ ।

होटल, अन्य र म्युचल फन्डबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । बैंकिङ समूहको शेयर सात अङ्कले, विकास बैंकको ४५, व्यापारको १७, जलविद्युतको तीन, फाइनान्सको ३९ र माइक्रोफाइनान्स समूहको शेयर २६ अङ्कले घटेको छ ।

यस्तै जीवन बीमा समूहको शेयर ४५ अङ्कले, निर्जीवन बीमा समूहको एक सय १९, उत्पादनको २४ र लगानी समूहको शेयर एक सय ६ अङ्कले घटेको छ ।

आज दुई सय २४ कम्पनीका एक करोड आठ लाख कित्ता शेयर पाँच अर्ब पाँच करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल इन्सोरेन्सको २१ करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

माछापुच्छ्रे र एसबीएल डिबेन्चरको शेयर सबैभन्दा धेरै पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार ओरालो लागे पनि गुडविल फाइनान्स डिबेन्चरको शेयर १० प्रतिशत र ओरियन्टल होटलको शेयर साढे ८ प्रतिशतले बढेको छ ।

Ad