Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

डिम्याट अकाउन्ट असार मसान्तभित्र नविकरण गरिसक्नुपर्ने, यसरी गर्नुहोस् नविकरण ?

२०७८ असार २० गते


बैंकिङ खबर/डिम्याट खाता असार मसान्तभित्र नवीकरण नगरे खाता नै फ्रिज हुने भएको छ । अहिले निक्षेप सदस्यहरुले धमाधम सूचना जारी गर्दै असार मसान्तभित्र डिम्याट खाता नवीकरण गर्न आग्रह गरिरहेका छन् ।

प्रत्येक आर्थिक वर्षको अन्त्यसम्ममा डिम्याट खाता नवीकरण गर्नुपर्ने व्यवस्था छ । वार्षिक १ सय रुपैयाँ शुल्क बुझाएपछि निक्षेप सदस्यहरुले यस्तो खाता नवीकरण गरिदिने गरेका छन् ।
हालसम्म देशभर ३५ लाख ५७ हजारले डिम्याट खाता खोलेका छन् । यस्तो डिम्याट खाता खोलिदिने संस्था (निक्षेप सदस्य)को संख्या ७७ छ ।

केही नयाँ लगानीकर्ताले डिम्याट खाता कसरी नविकरण गर्ने भन्ने बारेमा जानकार नहुँदा विविध कठिनाईहरु व्यहोर्नु परेको छ।

नेपाली पूँजीबजार केही हदसम्म प्रविधिमैत्री भइसकेकोले अहिले पहिलाजस्तो नविकरणको लागि निक्षेप सदस्यको कार्यालय धाउनु पर्ने बाध्यता छैन। अहिले लगानीकर्ताले घर वा कार्यालयमा बसी आफ्नो मोबाइल, ल्यापटप वा कम्प्यूटरबाट पनि डिम्याट खाता तथा मेरोशेयरको खाता नविकरण गर्न सकिन्छ।

खाता कहिले नविकरण गर्ने कसरी थाहा पाउने ?

डिम्याट खाता हरेक आर्थिक वर्षको अन्त्यमा नविकरण गर्नुपर्छ भने मेरोशेयरको खाता आफुले खोलेको मितिले वर्षको अन्त्यमा नविकरण गर्नुपर्छ। मेरोशेयरको नविकरण कहिले गर्ने भन्ने मेरोशेयर खोलेर थाहा पाउन सकिन्छ।

मेरो शेयरको वेबसाइट खोलेपश्चात माथिल्लो दायाँ कुनामा देखिने आफ्नो नाममा क्लिक गर्ने। त्यसपछि त्यहाँ व्यक्तिगत विवरण देख्न सकिन्छ। सोही पृष्ठमा एकाउण्ट इन्फरमेसनमा डिम्याट र मेरोशेयरको म्याद देख्न सकिन्छ। त्यहाँ दिइएको मितिभन्दा अगाडि नै आफ्नो खाता नविकरण गर्नुपर्छ।

कसरी गर्नसकिन्छ नविकरण ?

डिम्याट खाता र मेरो शेयर निक्षेप सदस्यहरुको कार्यालय तथा बैंक वित्तिय संस्था वा वालेट पे मार्फत सजिलै नविकारण गर्न सकिन्छ। पहिले निक्षेप सदस्यहरुको कार्यालय वा बैंक तथा वित्तिय संस्थामा गएर नविकरण शुल्क तिर्नु पर्ने प्रावधान थियो। तर अहिले प्रविधिको सहयोगमा लगानीकर्ताहरुले आफ्नो फोन मार्फत नै नविकरण गर्न सक्ने सुविधा भएको छ। केही मर्चेन्ट बैंकहरुले बैंक मार्फत हुने भुक्तानीलाई पनि स्वीकृत गर्ने गरेका छन्।

कोरोना भाइरसको संक्रमण केही कम भएको भएता पनि निमिट्यान्न नभएका र सजिलै भुक्तानी गर्न सकिने भएका कारणले धैरै लगानीकर्ताले वालेट पेमेन्ट मार्फत नविकरण गर्ने गरेको पाईन्छ। कनेक्ट आईपिएस, इसेवा, आईएमई पे, खल्ती, प्रभु पेमार्फत नविकरण शूल्क भुक्तानी गर्न सकिने सिडिएससीले जानकारी गराएको छ। यदी कुनै लगानकिर्ताले एक वर्ष भन्दा बढी अवधिको लागि नविकरण गर्न इच्छा भएमा पनि गर्न सकिने सुविधा रहेको छ ।

साथै, मेरोशेयरको आफ्नो प्रोफाइलबाट पनि रिन्यू एकाउण्ट बटन थिचि दिइएका गेटवेहरू प्रयोग गरी पनि नविकरण गर्न सकिन्छ।

हालसालै मात्र डिम्याट खाता खोलेका लगानीकर्तामा डिम्याट खाता खोलेको एक महिना नबित्दै नविकरणको सुचना आयो भनेर दोधारमा परेको देखिन्छ। डिम्याट खाता खोलेको एक दुई महिना नपुगेका लगानीकर्ताले पनि आर्थिक वर्षको अन्त्यमा डिम्याट खाता नविकरण गर्नुपर्ने सिडिएससीले जनाएको छ ।

केही लगानीकर्ता डिम्याट खोलेको एक वर्ष भएको छैन भनेर ढुक्क बसेका छन्। तर असार मसन्तसम्म सञ्चालित सबै डिम्याट नविकरण गर्नुपर्ने छ ।

Ad