
बैंकिङ खबर/ ज्योति विकास बैंकले रु. एक हजार अंकित दरका १५ लाख कित्ताले हुन आउने रु. १.५ अर्बरुपैयाँको “ज्योति विकास बैंक बोन्ड २०८७” ऋणपत्र निष्काशन खुल्ला गरेको छ। बैंकले निष्काशनको निमित्त एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ।
९% वार्षिक ब्याजदरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गर्ने गरि १० वर्ष अवधिको लागि ऋणपत्र निष्काशन गरिएको हो। रु. १.५ अर्बको ऋणपत्रमध्ये सर्वसाधारण लगानीकर्ताहरुका लागि रु. ६० करोड र व्यक्तिगत/विभिन्न संघसंस्थाहरुका लागि रु. ९० करोड निष्काशन तथा बिक्री खुल्ला गरेको हो। उक्तऋणपत्रमा न्युनतम आवेदन २५ कित्तादेखि अधिकतम आवेदन सम्पूर्ण कित्ता रहेको छ।
लगानीकर्ताहरुले यस ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सिआस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।