Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

दोहोरो अंकले बढ्यो नेप्से, ६ अर्ब ७० करोडको कारोबार

२०७८ असार १७ गते


बैंकिङ खबर/साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेर बन्द भएको छ । बिहीबार नेप्से १९.१२ अंकले वृद्धि हुँदा २८४३.अंकमा बन्द भएको हो ।
यसअघि बुधबार २८२३.८८ अंकमा बन्द भएको नेप्से ‘प्रि–ओपन’ सेसनमा करिब १० अंकले बढेर २८३३.५६ अंकमा खुलेको थियो । कारोबार अवधिभर बजारमा उतार–चढाव देखिँदा ‘इन्ट्रा–डे’ कारोबार २८६७.२५ अंकसम्म पुगेको थियो भने २८१३.११ अंकसम झरेको थियो ।

बुधबार ६ अर्बबाट तल झरेको कारोबार रकम बिहीबार भने करिब ७ अर्ब पुगेको छ । नेप्सेमा तीन करोड २८ लाख ३८ हजार ९९३ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ७० करोड ७७ लाख ७५ हजारको कारोबार भएको छ ।

नेको इन्स्योरेन्सको सर्वाधिक ३० करोड ७२ लाख ५० हजारको कारोबार भएको छ । ज्योति विकास बैंकको १८ करोड ६४ लाख ७१ हजारको कारोबार भएको छ । यस्तै, मेगा बैंकको १८ करोड २४ लाख ५२ हजारको कारोबार भएको छ ।

विकास बैंक, वित्त कम्पनी, होटेल तथा पर्यटन र अन्य उपसूचकले बजारलाई डोहोर्‍याएको छ । बिहीबार होटेल तथा पर्यटन उपसूचक सर्वाधिक ३.९४ प्रतिशतले वृद्धि हुँदा विकास बैंक उपसूचक ३.६३ प्रतिशतले बढेको छ । वित्त कम्पनी उपसूचक २.९४ प्रतिशतले बढेको छ । यस्तै, अन्य उपसूचक १.७३ प्रतिशत र लगानी उपसूचक १.१५ प्रतिशतले बढेको छ । बैंकिङ उपसूचक १.१६ प्रतिशतले वृद्धि हुँँदा निर्जीवन बिमा उपसूचक भने ०.०४ प्रतिशतले घटेको छ ।

Ad