Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

साधना लघुवित्तको स्वतन्त्र सञ्चालकमा डा. ढकाल नियुक्त

२०७८ असार १३ गते


बैंकिङ खबर/गोरखा जिल्लामा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्था लि.को स्वतन्त्र सञ्चालकमा डा. टेकनाथ ढकाल नियुक्त हुनु भएको छ ।

तत्कालिन कसमस डेभलपमेण्ट बैंकका अध्यक्ष डा.ढकाललाई वित्तीय संस्थाको असार ११ गते बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकमानियुक्त गरेको हो ।

प्रशासनिक विज्ञान विषयमा विद्यावारिधि गर्नुभएका डा.ढकाल विगत ३० वर्ष देखि प्राध्यपन र अनुसन्धान क्षेत्रमा आवद्ध रहँदै आउनुभएको छ । साथै उहाँसँग साविकक समस डेभलपमेण्ट बैंकको सञ्चालक समितिको अध्यक्षको रुपमा ६ वर्ष काम गरेको अनुभव छ ।