Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

कामना सेवा विकास बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

२०७८ असार १० गते

बैंकिङ खबर/कामना सेवा विकास बैंकको ‘९% कामना सेवा विकास बैंक लिमिटेड २०८७ ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । बुधबार बैंकको एक हजार रुपैयाँ अंकित मुल्यका १० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।

बैंकले गत माघ २२ गते देखि फागुन ६ गते सम्म एक हजार रुपैयाँ अंकित दरका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र जारी गरेको थियो ।

उक्त ऋणपत्र धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार नेप्सेमा सूचीकृत भएको हो ।त्यस अनुसार  बिहीबार (आज) देखि बैंकको ऋणपत्र दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

बैंकको ऋणपत्र खरिद गर्ने लगानीकर्ताले वार्षिक ९ प्रतिशतका दरले ब्याज पाउनेछन् । ब्याज भुक्तानी भने अर्धवार्षिक रुपमा हुनेछ ।

Ad