Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सेयर बजारमा पहिरो, एकैदिन ६३ अंकले घट्यो नेप्से

२०७८ असार ६ गते

बैंकिङ खबर/ शेयर बजार परिसूचक नेप्से ६३ अङ्कभन्दा धेरैले घटेको छ । सबै समूहको शेयर ओरालो लागेपछि नेप्से ६३ दशमलव २८ अङ्कले घटेर दुई हजार नौ सय पाँच दशमलव १४ विन्दुमा झरेको छ ।

आइतबार बैंकिङ समूहको शेयर ३५ दशमलव ४१ अङ्कले घटेको छ । यस्तै व्यापारको ९८ अङ्कले, होटलको ८८, विकास बैंकको एक सय ६५, जलविद्युतको एक सय एक, फाइनान्सको ८०, माइक्रोफाइनान्सको एक सय १७, जीवन बीमा समूहको तीन सय १० र निर्जीवन बीमा समूहको दुई सय ७९ अङ्कले ओरालो लागेको छ । यस्तै  उत्पादन समूहको एक सय ४९, अन्यको ५१ र लगानी समूहको शेयर एक सय सात अङ्कले घटेको छ ।

नेप्से घटेसँगै कारोबार रकम पनि झन्डै १२ अर्ब रुपैयाँमै सीमित भएको छ । दुई सय ३१ कम्पनीका दुई करोड ७३ लाख ४४ हजार कित्ता शेयर ११ अर्ब ८१ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ८० करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

आइतबार युनियन हाइड्रोको शेयर सबैभन्दा धेरै झन्डै १० प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि गुराँस फाइनान्सको शेयर साढे पाँच प्रतिशतले बढेको छ । 

पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बाेर्डले जारी गरेकाे विज्ञप्तिपछि सेयर बजार दैनिक रूपमा ओरालो लागेको छ । उक्त विज्ञप्तिसँगै लगानीकर्ता डराएर प्यानिक सेल गर्न थालेसँगै बजारमा उच्च गिरावट आएको हो । बोर्डले गत असार १ गते ५१ वटा कम्पनी जोखिमयुक्त भन्दै जारी गरेको थियो ।

Ad