Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सेयरबजारमा उछाल, एकैदिन १७ अर्बको कारोबार

२०७८ जेष्ठ १६ गते

बैंकिङ खबर/आइतबार सेयर बजारमा नयाँ रेकर्ड बनेको छ ।  नेप्से परिसूचक अहिलेसम्मकै उच्च अंकमा पुगेर नयाँ रेकर्ड बनेको हाे। १२. ६ अंकले बढेर नेप्से २८२८ अंकमा कायम भएको छ । यो अंक अहिलेसम्मकै उच्च हो ।

त्यस्तै कारोबार रकममा अर्को रेकर्ड बनेको छ । एकै दिन १७ अर्ब २ करोड रुपैयाँको सेयर किनबेच भएको छ । यसअघि १४ अर्ब ७६ करोड रुपैयाँको कारोबार भएको रेकर्ड थियो ।

आइतबार बैंकिङ १९, होटल तथा पर्यटन १३५, विकास बैंक २५५, फाइनानस ८३, निर्जीवन बीमा ६४, जीवन बीमा ९६ अंकले बढेका छन् ।

त्यस्तै व्यापार ३२, उत्पादन ५, अन्य ५४, माइक्रोफाइनान्स ७४ अंकले घटे । जलविद्युत र लगानी समूह भने १ अंकमुनि रातो रहे ।

आइतबार १ दर्जन बढी कम्पनीका सेयर लगानीकर्ताले झण्डै १० प्रतिशत मूल्य कमाएका छन् ।

ज्योति विकास बैंकको मूल्य १० प्रतिशतले बढ्यो । घलेम्दी, आँखुखोला हाइड्रो, गुडविल फाइनान्स, लुम्बिनी विकास बैंक, साइन रेसुङ्गा, सोल्टी होटल, ओरियन्टल होटल, खानीखोला हाइड्रो, सिन्धु विकास बैंक, जोशी, दिव्यश्वरी हाइड्रो, संग्रिला डेभलपमेन्टको मूल्य साढे ९ प्रतिशतदेखि १० प्रतिशतसम्म बढ्यो ।

समृद्धि फाइनान्स, रिलायन्स फाइनान्स र युनियन हाइड्रोको मूल्य ९ प्रतिशतले बढ्यो। बरुण हाइड्रो र हिमालय उर्जा विकासको मूल्य सबैभन्दा धेरै ६ प्रतिशतले घटेको छ। यस दिन कारोबारका आधारमा नेसनल हाइड्रोपावर, अरुण काबेली, युनाइटेड मोदी, बुटवल पावर कम्पनी र अपि पावर अगाडि रहेको छ ।

Ad