२०७३ भाद्र ६ गते

आठ अर्ब पुँजी पुर्याउने पहिलो निजी बैंक बन्दै इन्भेष्टमेन्ट बैंक, २० प्रतिशत बोनस शेयर दिँदै

investment bankनेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना शेयरधनीलाई ४१ प्रतिशत लाभांस दिने भएको छ । बैंकले गत आर्थिक बर्षको दुई अर्ब ५५ करोड रुपैयाँ नाफाबाट वोनस सेयरसहित नगद लाभांस दिने घोषणा गरेको हो । जसअनुसार बैंकका शेयरधनीले २१ प्रतिशत नगद लाभांस र २० प्रतिशत वोनस सेयर पाउनेछन् । 

हाल बैंकको अहिले कुल चुक्ता पुँजी ७ अर्ब २५ करोड रुपैयाँ रहेको छ । २० प्रतिशत वोनस सेयर वितरण गरेपछि बैंकको चुक्तापुँजी ८ अर्ब ७० करोड रुपैयाँ पुग्ने छ । यससँगै इन्भेष्टमेन्ट बैंक राष्ट्र बैंकले पुँजी बृद्धि योजना ल्याएपछि आठ अर्ब पुर्याउने निजीस्तरको पहिलो बाणिज्य बैंक बन्नेछ ।