Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

‘उद्योग व्यवसाय कमजोर हुँदा त्यसको असर बैंकिङ क्षेत्रमा पर्छ’

२०७८ जेष्ठ १८ गते

देवकुमार ढकाल, प्रवक्ता, नेपाल राष्ट्र बैंक 

कोरोनाको दोस्रो लहरसँगै बैंक तथा वित्तीय क्षेत्रका कर्मचारी र उनीहरुका परिवार संक्रमित भएका छन् भने कतिको मृत्यु समेत भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार हालसम्म बैंक वित्तीय क्षेत्रका कर्मचारी र उनीहरुका परिवार गरि १९ हजार जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो दोस्रो लहरमा कर्मचारी र उनीहरुका परिवार गरेर ८ हजार ६ सय संक्रमित छन् । यसमा ६ हजार कर्मचारी छन् भने २६ सय संक्रमित उनीहरुका परिवार छन् । कोरोनाको संक्रमण बढेसँगै काठमाडौं उपत्यकामा सीमित कर्मचारी राखेर सेवा प्रवाह गर्दै आएका बैंक तथा वित्तीय संस्थाहरु अहिले सीमित शाखा खोलेर सञ्चालन गरिरहेका छन् । जिल्ला तहमा भने जिल्ला प्रशासन कार्यालयको आदेशको परिधिमा रहेर सेवा दिइरहेका छन् । यसैबीच बैंक वित्तीय क्षेत्रका कर्मचारीमा कोरोना संक्रमणकाे अवस्था  र  बैंक, वित्तीय संस्थाले कसरी सेवा दिइरहेका छन् भन्ने विषयमा बैंकिङ खबरले नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालसँग कुराकानी गरेको छ ।

बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीमा कारोना संक्रमणको अवस्था कस्तो छ ?

बैंक तथ वित्तीय क्षेत्रमा काम गर्ने कर्मचारी र उनीहरुको परिवार गरी पहिलो र दोस्रो लहरमा १९ हजार जना संक्रमित भएकाे अवस्था छ । जसमध्ये कर्मचारी १३ हजार ७ सय १५ छन् भने एकाघर परिवार ५ हजार २ सय ८७ जना संक्रमित छन् । त्यसमध्ये सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय ७३ जना छ । त्यसमा कर्मचारी ३ हजार ९ सय १६ जना र १८ सय ५७ जना परिवारका सदस्य सक्रिय संक्रमित छन् । मृत्यु हुनेको संख्या १ सय २६ जना छ । जसमध्ये कर्मचारी २४ र परिवारको संख्या १ सय २ जना छन् ।

पछिल्लो दोस्रो लहरमा कर्मचारी र उनीहरुका परिवार गरेर ८ हजार ६ सय संक्रमित छन् । यसमा ६ हजार कर्मचारी छन् भने २६ सय संक्रमित उनीहरुका परिवार छन् । बैंकिङ क्षेत्रका कर्मचारी र उनीहरुका परिवार कोरोना संक्रमणबाट त्यतिकै प्रभावित छन् ।

कोरोना महामारीको बेलामा बैंकहरुले कसरी सेवा दिएका छन् ?

हामिले यसअघि पनि निर्देशन नै जारी गरेका थियौं । उक्त निर्देशनमा डिजिटल मोड अफ पेमेन्टलाई नै प्रवर्धन र प्राथमिकता दिने गरि आफ्ना सेवा सूचारु गर्नु भनेर भन्दै आएका छौं ।

हामीले एउटा सर्कुलर पनि जारी गरेका छौं । कमर्सियल बैंकले काठमाडौंमा हेड अफिस बाहेक तीन वटा, विकास बैंकले हेड अफिस र अन्य २ वटा शाखा, ललितपुरका कमर्सियल बैंकले दुई शाखा, भक्तपुरमा एउटा शाखा, विकास बैंकले काठमाडौंमा एउटा, ललितपुरमा एउटा र भक्तपुरमा एउटा, वित्त संस्थानले तीन वटै जिल्लामा एक/एक वटा बैंकिङ सेवा सुचारु गर्नु भनेका छौं । सोही अनुसार बैंकिङ सेवाहरु सुचारु भएका छन् । काठमाडौं उपत्यका बाहेकका जिल्लामा सम्बन्धित जिल्लाका स्थानीय प्रशासनले दिएको आदेशको परिधिभित्र रहेर बैंकिङ सेवा सुचारु छन्

बैंकले ५० हजार भन्दा कम रकम डिपोजिट नलिने भनेको छ ? राष्ट्र बैंकले दिएको निर्देशन हो ?

यो फिक्स डिपोजिटका लागि होइन् । अर्कोतर्फ राष्ट्र बैंक आफैँले यति रकमसम्म डिपोजिट गर्न पाउने, नपाउने भनेको छैन । अन्य कर्मसियल, वाणिज्य बैंकहरुले ५० हजार भन्दा सानो निक्षेप ग्राहकले घरमै सुरक्षित गर्न सक्छन् । अहिले घरमा सबै मान्छे रहेको अवस्थामा यति रकम सुरक्षित हुन्छ । त्यति रकम बोकेर सेवाग्राहीहरु बैंकमा आउनुभयाे भने उहाँ आफुपनि, बैंकका कर्मचारी पनि, अन्य सर्वसाधारण कोभिडबाट असुरक्षित रहन्छन् । कर्मसियल, वाणिज्य बैंकहरुले यस किसिमको अन्डरस्टाडिङ बनाउनुभएको हो । त्यो अन्डरस्टाडिङलाई हामिले मौन रुपमा समर्थन गरेका हौं ।

हामी यतिखेर नर्मल टाइममा छैनौं । निषेध आदेशको टाइममा छौं । निषेध आदेश भनेको अत्यावश्यक सेवा मात्र उपयोग गर्ने र अनावश्यक सेवा सुविधा उपयोग नगर्ने, आफु सुरक्षित रहने र अरुलाई पनि सुरक्षित गराउनु हो ।

यदि अत्यावश्यक आवश्यक पर्छ भने त्यसमा वइट गर्नु कुनै आवश्यक छैन । मलाई पाँच हजार रुपैयाँ आवश्यक पर्‍यो । मेरो कोहि मान्छे हस्पिटलमा छ । मैले डिजिटलमार्फत ट्रान्जेक्सन गर्न सकिन भने त्यसका लागि कुनै लिमिट छैन । अर्को डिजिटल मोड अफ पेमेन्टमा हामिसँग वालेट छ ।  क्युआर छ । आइपिएस छ । कनेन्ट आइपिएस छ । कर्पुरेट पे छ भनेपछि हामीसँग डिजिटल मोड अफ पेमेन्टका धेरै माध्यमहरु छन् ।
त्यसैले यतिबेला घरमै बसेर बैंकिङ सर्भिस लिनु बुद्धिमानी हो । घरमै सुरक्षित साथ बस्नु राम्रो हुन्छ । त्यसैले हामिले यसलाई मौन समर्थन गरेको अवस्था छ ।

सेभिङ गर्ने हिसावले सेवाग्राही आउनुहुन्छ भने सानो रकम जम्मा नगर्ने भन्न खोजेको हो । यदि कसैलाई अर्को एकाउन्टमा पैसा हाल्दिनु छ । कोहि मान्छे विराटनगरमा होला,  काठमाडौं पैसा हाल्निुपर्‍यो । कोहि मान्छेलाई रकमान्तरका लागि पैसा हाल्दिनुपर्‍यो। कुनै लोनको किस्ता होला । क्रेडिट कार्डको रकम आफ्नो खातामा जम्मा गर्नुपर्‍यो। यस्तो खालकोलाई बैंकहरुले रोक्नुभएको छैन । यो नर्मल टाइम होइन । त्यसैले अत्यावश्यक नभई बैंकमा नगइदिउँन भन्नको लागि उहाँहरुले बनाएको एउटा सामान्य अन्डरस्टाडिङ हो ।

कोहि संक्रमित छ भने उसले अरु मान्छेलाई कोरोना नसारोस् भनेर चेन ब्रेक गर्न खोजिएको हो । अहिले अधिकांश जिल्लामा निषेधाज्ञा जारी भएको छ । हामिले अहिले बैंकिङ सर्भिस खोल्नुको कारण के हो भने अतिआवश्यक परेमा मात्र बैंकमा जाउन् । सेवा लिउन भन्ने हो । बैंकिङ सेवा भनेको अत्यावश्यक सेवा हो । यसमा मान्छेले औषधि गर्न, दैनिक सामान खरिद गर्न आदि अत्यन्तै आवश्यक, इमरजेन्सी सर्भिस चाहिने भयो भने त्यस्तो बेलामा सेवा दिन हामीले बैंक, वित्तीय संस्थाहरु खोलको हौं ।

अहिले बैंकहरुले कुन कुन सेवा दिइरहेका छन् ?

अहिले बैंकले सबै सेवा दिइरहेका छन् । इमरजेन्सी स्वास्थ्य क्षेत्रमा कर्जा प्रवाह होस् भनेर राष्ट्र बैंकले बोलेको अवस्था छ । त्यस क्षेत्रमा कर्जा प्रवाहका लागि अहिले केडिट अभाएलेवल छ । एलसी डिपोजिट राख्न पाइन्छ । एटिएमहरुमा फ्रिडिङको अवस्था छ । बैंकले जे जति बैंकिङ सुविधाहरु दिनुपर्ने हो । ती सबै इर्मेजेन्सी प्रयोजनका लागि खुल्ला छ ।

उपत्यकामा निषेधाज्ञा थप गरिएको छ ? अन्य जिल्लामा पनि थप गरिँदै लगिएको अवस्था छ ? निषेधाज्ञाले गर्दा उद्योग धन्दाहरुको अवस्था विकराल छ । यहि अवस्थामा निषेधाज्ञा खोल्दा बैंकहरुले पूर्ण रुपमा सेवा दिन सक्छ ?

सबै मान्छे संक्रमित भएको हुँदैन । यदि निषेधाज्ञा खुल्यो भने पनि सबै कर्मचारी संक्रमित छैनन् । अहिले इफेक्टेड भनेको ६ हजार ७ सय ७३ जना हो । जसमा कर्मचारी ३ हजार ९ सय १६ जना मात्र हो । अरु रिकभर भइसकेको अवस्था छ । निषेधाज्ञा खुल्यो भने पनि बैंकिङ क्षेत्रलाई सुचारु गर्न सकिने अवस्था छ । बैंकिङ सेवा सुचारु गर्न कुनै कठिनाई हुँदैन ।

कोरोना महामारीले बैंक, वित्तीय क्षेत्रका कुन-कुन कुराहरुलाई प्रत्यक्ष असर गरेको छ ?

कोरोना महामारीले पारेको प्रभावका बारेमा हामीले वैशाखसम्मको अध्ययन नै प्रकाशित गरिसकेका छौं । दोस्रो लहरपछि के कति इम्प्याक्ट पर्यो भनेर अध्ययन गर्न बाँकी नै छ । अहिले दैनिक रुपमा काम गरेर छाक टार्ने जुन वर्ग छ । त्यो वर्ग अहिले मारमा परेको छ । टुरिजम सेक्टर, यातयात भयो । यो क्षेत्र अलि बढी  प्रभावित छ । अरु क्षेत्रलाई हामिले विश्लेषण गर्दैछाैँ ।

अहिले कर्जा प्रवाह रोकिएकाे अवस्था छ । थप कर्जा प्रवाहबाट थप आम्दानी गर्न सक्ने अवस्था छैन । वैशाखसम्म जति कर्जा प्रवाह भयो । त्यसैको इनकमले धानिएको अवस्था छ । भोलीका दिनमा यसरी नै ग्राहकका व्यवसाय प्रभावित हुने भयो भने उत्पादन, रोजगारी सबै क्षेत्रलाई हिड गर्ने देखिन्छ ।
निश्चित रुपमा बोडरले तिर्न सक्ने क्षमतामा ह्रास आउँछ । बैंक वित्तीय क्षेत्रको ओभर ड्यु बढ्न सक्छ । ओभरड्यु बढेपछि एमपिएल बढ्न सक्छ । जहिले पनि बैंक र ग्राहक अन्तरआवद्ध हुन्छन् । दुई वटा सेक्टर सँगसँगै जाने क्षेत्र हो । एउटा क्षेत्र कमजोर हुँदा अर्को क्षेत्र पनि कमजोर हुन्छ । उद्योग व्यवसाय क्षेत्र कमजोर भइदियो भने त्यसको असर बैंकिङ क्षेत्रमा पनि पर्छ । यसले एमपिएलमा, अर्निङमा असर गर्न सक्छ ।