Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सूर्योदय लघुवित्तको १ लाख कित्ता आईपीओ भदौ १२ गते

२०७३ भाद्र ५ गते
सेयर:

suryodayaसूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ भदौ १२ गते निष्काशन हुने भएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित दरका १ करोड २० लाख रुपैयाँ बराबरका १ लाख २० हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । जसमध्ये, ६ हजार कित्ता सामूहिक लगानी कोष र ४ हजार ८ सय कित्ता शेयर संस्थाका कर्मचारीलाई छुट्याइएको छ । बाँकी शेयरका लागि मात्रै सर्वसाधारणले आवेदन दिन पाउनेछन् । 

आवेदनकर्ताले घटीमा ५० कित्ता र बढीमा १ हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने बताइएको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।