Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

भुकम्पमा भत्किएको राष्ट्र बैंकको भवन पुरानै स्वरुपमा बन्ने

२०७३ भाद्र ५ गते

nrbभुकम्पले भत्किएको नेपाल राष्ट्र बैंकको भवन पुरानै शैलीमा निर्माण हुने भएको छ । भवन निर्माणका लागि सहरी विकास विभागले एक महिनाभित्र गुरु योजना (मास्टर प्लान) तयार गर्ने गरी काम सुरु गरेको छ । भवनको बाहिरी स्वरुप पहिलेकै जस्तो हुने भएतापनि भित्रि पुर्वाधार भने दीर्घकालसम्म टिक्ने गरी पूर्ण भौतिक सुविधाहरु राखेर निर्माण गरिने बताइएको छ । थापाथलीस्थित कार्यालयको भने मास्टर प्लान तयार भइसकेको र छिट्टै निर्माण सुरु गरिने राष्ट्र बैंकले जनाएको छ । 

भवन भत्किएपछि हाल राष्ट्र बैंकका कतिपय विभागहरु निजी कम्पनीहरुसँग भाडामा लिएर सारिएको छ ।