बैंकिङ खबर । इन्टरकन्टिनेन्टल होटेल्स ग्रुप (आईएचजी)ले पाँचतारे होटल सोल्टीको व्यवस्थापकीय जिम्मेवारीबाट हात झिकेको छ । अब उक्त होटलमा विदेशी लगानी रहने छैन । अब होटल आफैं संचालन गर्ने गरी नयाँ नाम द सोल्टी होटलको नामबाट नयाँ ब्रान्डिङ गरिने अध्यक्ष दिनेशबहादुर विष्टले बताए । ५४ वर्ष पुरानो होटलले रुपमा रहेको होटलमा २५८ ओटा रुम रहेका छन् भने काठमाडौंमा रहेका होटलहरुमध्ये सबैभन्दा बढी सिट क्षमताको सभाहल रहेको छ ।
