
बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना भाइरस संक्रमणका कारण अर्थतन्त्रमा परेको असरलाई सम्बोधन गर्न जिम्मेवारी बोधका साथ केन्द्रीय बैंकले गर्नुपर्ने भूमिका निर्वाह गर्ने बताउनुभएको छ । राष्ट्र बैंकको ६६ औँ वार्षिकोत्सवका अवसरमा एक शुभकामना सन्देश दिँदै उहाँले भन्नुभएको छ, ‘कोरोना भाइरस संक्रमणका कारण अर्थतन्त्रमा परेको असरलाई सम्बोधन गर्न जिम्मेवारी बोधका साथ केन्द्रीय बैंकले गर्नुपर्ने भूमिका निर्वाह गर्दै सुदृढ अर्थतन्त्र निर्माणतर्फ अग्रसर रहने प्रण गर्दछौं ।’
गभर्नर अधिकारीले मुलुकको आर्थिक स्थायित्व, अर्थतन्त्रको दिगो विकास, सुरक्षित एवम् सक्षम भुक्तानी प्रणालीको विकास, मूल्य र शोधनान्तर स्थिरता कायम गर्नका लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन र वित्तीय सेवाको पहुँच अभिवृद्धि गर्ने बताउनुभएको छ ।
उहाँले भन्नुभएको छ, ‘यस ऐतिहासिक एवम् सुखद अवसरमा मुलुकको आर्थिक स्थायित्व, अर्थतन्त्रको दिगो विकास, सुरक्षित एवम् सक्षम भुक्तानी प्रणालीको विकास, मूल्य र शोधनान्तर स्थिरता कायम गर्नका लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन र वित्तीय सेवाको पहुँच अभिवृद्धि गर्दै वित्तीय क्षेत्रको स्थायित्व कायम गरी बैंकिङ तथा वित्तीय प्रणालीप्रति सर्वसाधरणको विश्वसनीयता अभिवृद्धि गर्ने र मुलुकले परिलक्ष्क्षित गरेको आर्थिक विकासको लक्ष्य प्राप्तिमा सहयोग पु¥याउन सदा समर्पित रहने प्रतिवद्धत व्यक्त गर्दछौं ।’