
बैंकिङ खबर/नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कोरोनाको जोखिमलाई मध्येनजर राख्दै भौतिक आवागमनलाई कम गर्न आग्रह गरेको छ । नेप्सेका कामु सहायक प्रबन्धक गिरिराज दाहालले साेमबार धितोपत्र व्यवसायी (सदस्य दलाल तथा व्यापारी) हरूलाई सात बुँदे निर्देशन जारी गर्दै भौतिक आवागमनलाई कम गर्न आग्रह गर्नुभएको हो । उहाँले सदस्य दलाल तथा धितोपत्र व्यापारीले नेप्सेसँग गर्नुपर्ने कामकारबाहीका लागि भौतिक उपस्थितिलाई सम्भव भएसम्म कम गर्न, नेप्सेमा पेश गर्नुपर्ने, कागजातहरु यथासम्भव ईमेल मार्फत अभौतिक रुपमा(पिडिएफ फाईल) पठाउन समेत आग्रह गर्नुभएको छ ।
हेर्नुहोस् सात बुँदे निर्देशन
