
बैंकिङ खबर/कुमारी इक्विटी फण्डको इकाई नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । फण्डको १० करोड इकाई आइतबार सूचीकृत भएको हो । आइतबार नै इकाई सूचीकृत गर्ने बारे नेप्से र कुमारी क्यापिटल बीच सुचिकरण सम्झौता भएको हो ।
अब उक्त फण्डको शेयर कारोबार सोमबारदेखि केइएफको स्टक संकेतबाट कारोबारमा आउनेछ । उक्त फण्ड कुमारी क्यापिटल अन्तर्गत सञ्चालित फण्ड हो ।