Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

गणपति लघुवित्तको सीईओमा किरण विष्ट नियुक्त

२०७७ चैत्र ३० गते


बैंकिङ खबर/गणपति लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा किरण विष्ट नियुक्त हुनुभएको छ । तनहुँ दुलेगौँडामा केन्द्रीय कार्यालय रहेको संस्थाको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सीईओमा विष्टलाई नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले सीईओ अच्युतराज सापकोटाले दिएको राजीनामा २०७८ बैशाख १ गतेदेखि लागु हुने गरी स्वीकृत गरेको छ भने वैशाख २ गतेबाट ४ वर्षका लागि विष्टलाई उक्त पदमा नियुक्त गरेको छ ।