Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

जाल्पा सामुदायिक लघुवित्तले ५ लाख २२ हजार कित्ता शेयर निष्कासन गर्ने

२०७७ चैत्र २९ गते


बैंकिङ खबर/जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लि.ले ५ लाख २२ हजार कित्ता साधारण शेयर निष्कासन गर्ने भएको छ ।पोखरामा सम्पन्न दोस्रो साधारणसभाले ५ लाख २२ हजार कित्ता साधारण शेयर सर्वसाधारणहरुको लागी निष्कासन गर्ने प्रस्ताव सर्वसहमतिले पारित गरेको हो । संस्थाका शेयर सदस्य, संचालक समिति सदस्य तथा अन्य व्यक्तित्वहरुको उपस्थितीमा सम्पन्न उक्त सभामा अध्यक्ष अर्जुन श्रेष्ठले आ.ब. २०७६/०७७ को वार्षिक प्रतिवेदन पेश गर्नु भएको थियो ।
पोखरा कास्कीमा केन्द्रीय कार्यालय रहेको उक्त संस्था तथा दाङ जिल्लामा केन्द्रीय कार्यालय रहेको महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लि. एक आपसमा मर्ज भई २०७७ मंसीर १६ गते बाट जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लि.को नामबाट एकिृकत कारोबारको शुभारम्भ गरेको थियो । हाल वित्तीय संस्थाले प्रदेश नं. ३, ४, ५, ६ र ७ मा रहेका ७४ वटा शाखाहरु बाट ८४ हजार सदस्यहरु बाट २ अर्व ६ करोड वचत संकलन गरी ३ अर्व ८४ करोड लगानी गर्न सफल रहेको छ ।
सम्पन्न दोस्रो साधारण सभाबाट अर्जुन कुमार श्रेष्ठ, बिर बहादुर अधिकारी, गीता कुमारी योगी गिरी तथा शुष्मा गौतमलाई संचालक समितिको सदस्यको पदमा सर्वसम्मत चयन गरेको छ ।
मर्जर पश्चात बनेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लि.को अधिकृत पुँजी रु २५ करोड रहेको छ साथै जारी पूँजी रु १६ करोड र चुक्ता पूँजी रु १० करोड ७८ लाख रुपैयाँ रहेको छ ।
वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/२०८२ को अन्त सम्म राष्ट्रिय स्तरको वित्तीय संस्था भई नेपालका ६० जिल्लामा १५५ वटा शाखा कार्यालयहरु स्थापना गरी १,९५,००० जना सदस्य आवद्ध गराउने लक्ष्य लिएको छ । संस्थाले ग्रामीण एंव शहरी क्षेत्रमा बसोबास गर्ने विपन्न तथा न्युन आय भएका समुदायका व्यक्तिहरुलाई वित्तीय सेवामा पहुँच अभिवृद्धि गराई, स्वरोजगार सृजना गर्दै सम्मृद्ध समाज निमार्ण गर्ने लक्ष्य लिएको छ ।
संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव अशोक कुमार आर्चायले संचालन गर्नुभएको उक्त कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत बिमला योगीले उपस्थित शेयर सदस्यहरुलाई स्वागत गर्नु भएको थियो ।

Ad