Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

धौलागिरी लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा मिनबहादुर बोहरा

२०७७ चैत्र २६ गते

बैंकिङ खबर/धौलागिरी लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा मिनबहादुर बोहरा नियुक्त हुनुभएको छ ।
बागलुङमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संंस्थाले बुधबारदेखि लागु हुने गरी आगामी ४ वर्षका लागि बोहरालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

बोहराले ग्रामीण लघुवित्त वित्तिय संस्थामा १५ वर्ष, नेपाल कम्युनिटी डेभलपमेन्ट बैकको कायम मुकाय प्रमुख कार्यकारी अधिकृतसहित तीन वर्ष, कालिका लघुवित्त वित्तिय संस्था लिमिटेको प्रमुख कार्यकारीमा तीन वर्ष र नेपाल एग्रो लघुवित्तमा आठ महिना निमित्त प्रमुख कार्यकारीको रुपमा काम गरिसक्नुभएको छ ।

नेपाल एग्रो र ईन्फिनिटी लघुवित्त मर्जर भएपश्चात् धौलागिरी लघुवित्तको प्रमुख कार्यकारीभै आएपछि बोहराले संंस्थालाई नयाँँ उचाईमा पुर्याउने अभिलासा रहेको र सोही अनुसार संचालक समिति समक्ष प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । बोहरालाई संस्थाका अध्यक्ष इश्वरलाल राजभण्डारीले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो।

Ad