Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

निर्धन उत्थान लघुवित्तले १ लाख बढी कित्ता संस्थापक शेयर विक्री गर्दै

२०७७ चैत्र १७ गते


बैंकिङ खबर/निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले बुधबारदेखि १ लाख ८ हजार ५४२ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गर्ने भएको छ ।

कम्पनीले वैशाख २१ गतेसम्मका लागि उक्त शेयर लिलामीमा विक्री खुला गर्न लागेको हो । प्रतिकित्ता रू. ५५० मूल्य तोकिएको यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले तोकिएको मूल्य वा सो भन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

उक्त शेयर खरीदका लागि बोलपत्र पेश गर्दा न्यूनतम २ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ । शेयर विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

Ad