
बैंकिङ खबर/ माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले २४ लाख कित्ता सेयरको सार्वजनिक निष्काशन गर्न प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्तिसम्बन्धी सम्झौता बिहीबार सम्पन्न भएको छ ।
सम्झौतामा मायाखोला हाईड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष विजयमान शेरचन तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीले हस्ताक्षर गर्नुभएको छ ।
मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिका अवस्थित माया खोलामा १४.९ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिकप्रगति ६० प्रतिशत सम्पन्न भइसकेको छ ।