Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

प्रभु क्यापिटलको शेयर बजार तालिम

२०७७ चैत्र ९ गते

बैंकिङ खबर/प्रभु क्यापिटल लिमिटेडले शेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम सम्पन्न गरेको छ ।
काठमाडौं मण्डिखाटारस्थित इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आइआइडिएस) संस्थाको सहकार्यमा संस्थाको कार्यालयमा शेयर बजार सम्बन्धी तालिम सम्पन्न गरेको हो । उक्त कार्यक्रममा करिब संस्थामा आबद्ध २० जना कर्मचारीहरुको सहभागीता रहेको थियो ।
यसैगरी क्यापिटलले काठमाडौंको कालिकास्थानमा रहेको प्लाटिनम कलेजका विविए संकाय अन्तरगतका विद्यार्थीहरुको लागि शेयर बजार सम्बन्धी ३ दिने आधारभूत तालिम कार्यक्रम शुरुवात गरेको छ । चैत्र ८ गतेबाट चैत्र १० गते सम्म ३ दिन चल्ने सो तालिमको पहिलो दिन नेपालको पूँजीबजार सम्बन्धी आधारभूत तालिम तथा प्राथमिक एवं दोश्रो बजारमा लगानी गर्नका लागि जान्नु पर्ने विषयका बारेमा तालिम दिइएको थियो । यसै गरी चैत्र ९ गते लगानी रणनीति तथा जोखिम व्यवस्थापनको बारेमा तथा चैत्र १० गते आधारभूत तथा प्राविधिक विश्लेषणको बारेमा तालिम सञ्चालन गरिने कार्यतालिका रहेको छ । सो तालिमको सो कलेजमा विविए संकायमा अध्ययनरत करिब ६० जना विद्यार्थीहरुको सहभागीता रहेको छ ।
प्रभु क्यापिटलको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत शेयर सचेतना अभिवृद्धिका लागि प्रभु क्यापिटलले विभिन्न संस्थाहरुसँगको सहकार्यमा यस्तो तालिम कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Ad