Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्सेलाई निफ्राको स्पष्टीकरण : वण्ड जारी गर्ने अघिदेखिकै योजना

२०७७ चैत्र ८ गते


बैंकिङ खबर/ नेपाल इन्फ्रास्टक्चर बैंकले नेपाल स्टक एक्सचेञ्जले सोधेको स्पष्टीकरण पेश गरेको छ। बैंकले वण्ड जारी गर्ने बैंकको नेप्सेमा सूचीकृत हुनुभन्दा अघिदेखिकै योजना रहेको बताएको छ।
बैंकले ३० मिलियन डलरको बण्ड जारी गर्ने विषय बैंकको रणनीति भित्रकै एक हिस्सा रहेको र बैंकले वार्षिक प्रतिवेदनहरु र साधारण शेयरको निष्काशनको लागि तयार गरिएको विवरणपत्रमा उल्लेख गरेको छ ।

बैंकले नैप्समा सूचीकृत हुनु अगावै वण्ड जारी गर्न सम्बन्धित नियमनकारी निकायबाट लिनुपर्ने केहि सहमति स्वीकृतिहरु लिइसकेको र थप सहमति लिँदै चाँडै नै वण्ड जारी गर्ने जनाएको छ।

 

Ad